logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

त्रिवि वार्षिक साधारणसभा ६३ औँ ग्रेसलिष्ट पारित, ८९ हजार दीक्षित हुने


  • जन आकाश
  • बिहिबार, असार २६ २०८२

काठमाडौं । त्रिवि वार्षिक साधारणसभा स् ६३ औँ ग्रेसलिष्ट पारित, ८९ हजार दीक्षित हुने त्रिभुवन विश्वविद्यालयको साधारण सभाले ८९ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिष्ट पारित गर्यो।



प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्यो। विश्वविद्यालयलाई २१ औँ शताब्दी सुहाउँदो बनाउन प्रधानमन्त्रीको आग्रह थियो।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारण सभा बैठकले विभिन्न सङ्काय र तहमा उत्तीर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरूसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा बसेको बैठकले रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेसलिष्ट पारित गरेको हो ।

बैठकमा आर्थिक वर्ष २०८२, ०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कार्यक्रममा कुलपति ओलीले विश्वविद्यालयलाई २१ औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरेका छन् ।

सहकुलपति एवं विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

नवनियुक्त उपकुलपति प्राडा।दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत (करिब चार हजारं) विदेशी विद्यार्थी हुने गरी लाग्नुपर्ने बताए ।यो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend