logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ ।


  • जन आकाश
  • शुक्रबार, असार २७ २०८२

काठमाडौं । सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका संगीतबडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित



समसामयिक सन्देश बोकेको छ ।गीतका शब्द र संगीत स्वयं संगीत बडुवालले तयार गर्नुभएको हो । दीपक संगमबिगीतको संगीत जत्तिकै आकर्षक भिडियो पक्ष पनि तयार पारिएको छ । भिडियोमादीपकसंगम बिसी, मिराजविक्रम सिंह, संगीता

बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास),गणेश जीसी र मीना बडुवालको अभिनय छ ।मिराजविक्रम सिंहको निर्देशन र
नृत्य निर्देशनमा तयार भएको भिडियोमा छायांकनर रंग संयोजन अमित बीकेले गर्नुभएको छ भने दृश्य सम्पादन राजेश

बोहराले गर्नुभएकोछ ।शैली, लय र प्रस्तुतिकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले विशेषगरी देउडागीतप्रेमी दर्शक–स्रोतामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ । गीतकोभिडियो गायक रोशनको अफिसियल युट्यूबमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend