logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एलिना चौहानको “छोरीको शिर आमा” सार्वजनिक


  • जन आकाश
  • बुधबार, असार ३२ २०८२

काठमाडौं । मोडल स्मारिका ढकाल र गायिका एलिना चौहानमोडल स्मारिका ढकाल र गायिका एलिना चौहान गायिका एलिना चौहानले नयाँ तीज गीत सार्वजनिक गरेकी छन्।



केही दिनअघि ुपृथ्वी छोडेरु गीत ल्याएकी उनले सोमबार बेलुका  छोरीको शिर आमाु बोलको नयाँ मर्मस्पर्शी तीज गीत युट्युबमा सार्वजनिक गरेकी हुन्।

एलिनाको एकल स्वर रहेको यो गीत मार्मीक शब्दले भरिएको छ भने भिडिओ पनि मर्मस्पर्शी लाग्छ। श्रीमानबाट यातना भोगेकी महिलाको पीडा र वेदना गीतले बोल्छ।

धेरैले यो गीतलाई एलिनाको आफ्नै भोगाइसँग जोडेर समेत हेरेका छन्। गीतले एलिनाको विगतको भोगाइ बोलेको भन्दै थुप्रै प्रतिक्रियाहरू देख्न सकिन्छ। गीतले स्रोता तथा दर्शकबाट तारिफ पाइरहेको छ।

छोरीको शिर आमा को शब्द तथा संगीत प्रेम सापकोटा सोनुको हो। संगीत संयोजनको काम हेमन्त शिशिरले गरेका छन्।

भिडिओमा स्मारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ। यसमा दुर्गा पौडेल र टिमको छायांकन, नवीन घर्ती मगरको सम्पादन छ।

एलिनाको आफ्नै युट्युबमा भिडिओ सार्वजनिक छ। गीतको भ्युज २० घण्टामै ४ लाख नजिक पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend