logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल टेनिस संघद्वारा दिविस कप २०२५ छनौट प्रतियोगिता २ जुनदेखि सुरु हुने


  • जन आकाश
  • बुधबार, असार ३२ २०८२

काठमाडौं । ललितपुर, १५ जुलाई – नेपाल टेनिस संघले जुलाई १४ देखि मलेशियामा आयोजना हुन गइरहेको दिविस कप २०२५  (ग्रुप–४० ) प्रतियोगिताका लागि नेपाली टिम छनौटका उद्देश्यले २ जुन २०२५ (सोमबार)  देखि छनौट प्रतियोगिता सञ्चालन गर्ने भएको छ।



संघका अनुसार कुल ४ जना खेलाडी मलेशियामा हुने प्रतियोगिताका लागि छनोट गरिनेछ। तीमध्ये एक खेलाडीलाई अन्तर्राष्ट्रिय टेनिस महासंघ (ITF) वा एटीपी (ATP) रैंकिङको आधारमा र एक जनालाई राष्ट्रिय रैंकिङमा पहिलो स्थानमा रहेका खेलाडीको रूपमा प्रत्यक्ष संरक्षण दिइनेछ।

बाँकी २ जना खेलाडीका लागि प्रतिस्पर्धात्मक छनौट प्रतियोगिता आयोजना गरिने छ। यदि कुनै पनि खेलाडीले ITF वा ATP रैंक नपाएको खण्डमा भने, राष्ट्रिय रैंकको नम्बर १ खेलाडीलाई समावेश गरी बाँकी ३ स्थानका लागि छनौट प्रतियोगिता गरिनेछ।

संघले अद्यावधिक राष्ट्रिय सिडिङअनुसार शीर्ष ८ स्थानमा रहेका खेलाडीलाई छनौट प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको छ। आवश्यक परेमा त्यस सूचीबाहिरका खेलाडीहरूलाई समेत प्रतिस्थापनको रूपमा समावेश गरिनेछ। साथै, नेपालबाहिर रहेका योग्य नेपाली खेलाडीहरूबाट अधिकतम ४ जनालाई आवेदनको आधारमा छनौटमा सहभागी गराइने बताइएको छ।

छनौट प्रतियोगिता सातदोबाटो टेनिस कम्प्लेक्स, ललितपुर मा बिहान ८:०० बजे साइन–इन पछि सुरु हुनेछ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले साईन–इन अनिवार्य रूपमा गर्नुपर्नेछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend