logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिटामोल फिल्मको गीत “मटुभित्र खिल छ हजुर” सार्वजनिक


  • जन आकाश
  • बिहिबार, साउन १ २०८२

काठमाडौं । साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म सिटामोलको दोस्रो गीत “मुटुभित्र खिल” छ हजुरु सार्वजनिक भएको छ।



बुधबार सार्वजनिक मर्मस्पर्शी गीतको भिडिओमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतबार बाबुल गिरी पनि देखिएका छन्।

बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन्। राज बहादुर साने निर्देशित सिटामोलमा सौगात, बेनिशा श्रीकृष्ण र जानुकासहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको समेत अभिनय छ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।

सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता छन् भने गंगाराम श्रेष्ठ सह–निर्मातामा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend