जन आकाश
काठमाडौं– लोकप्रिय गायक महेस मुखिया सुनुवार र गायिका रानु निरौलाको आवाजमा सजिएको नयाँ लोकपप गीत ‘चोली ढाकाको’ सार्वजनिक गरिएको छ । गीत २०७८ असार ३२ गते मेला डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको शब्द सदीप कालीकोटेले लेखेका हुन् भने संगीत स्वयं गायक महेस मुखिया सुनुवारले गरेका हुन् । गीतको एरेन्ज आदेश गुरमाछानले गरेका छन् भने रेकर्डिङ, मिक्सिङ र मास्टरिङको जिम्मेवारी सुभाष कुथुमी राईले गरेका छन् ।
जीवन शाहीको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोको कोरीयो ग्राफी साइमन राजवंशीले गरेका छन् ।
भिडियोमा विजय पुन र रमला लिम्बुको उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोलाई महेस महराले छायांकन गरेका हुन् भने अर्जुन खड्काले सम्पादन गरेका छन् ।
संगीत, अभिनय र प्रस्तुतिका हिसाबले ‘चोली ढाकाको’ गीत दर्शक र स्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend