logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फिल्म “कोशेढुंगा” को तीज गीत सार्वजनिक


  • जन आकाश
  • मंगलबार, साउन ६ २०८२

काठमाडौं । फिल्म“कोशेढुंगा” को पहिलो गीत सार्वजनिक गरिएको छ।



निर्माणपक्षले सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच नत्र भने जिन्दगी व्यर्थ छ बोलको तीज गीत सार्वजनिक गरेको हो। यो गीतमा समीक्षा अधिकारी, खेम सेञ्चुरी र दिपीका वयम्बु मगरको स्वर छ। गीतको शब्द नेत्र अर्यालको हो। हुकलाइन र संगीत खेम सेन्चुरीको छ।

भिडिओमा फिल्मका कलाकारहरू सुरक्षा पन्त, नीति शाह, ऋचा शर्मा, मञ्जिल कुमार, दिनेश काफ्ले, स्नेहा जोशी लगायतको अभिनय छ। यो भिडिओको नृत्य निर्देशक स्मृति तिमिल्सिना हुन्।

‘कोशेढुंगा’ सर्वाधिक व्यापार गर्ने फिल्म “पूर्णबहादुरको सारंगी” का निर्देशक सरोज पौडेलको नयाँ फिल्म हो। नरदेवी फिल्मस् प्रा।लिको प्रस्तुति रहेको फिल्ममा आर्यन सिग्देल, प्रवीण खतिवडा, सरोज खनाल, लोकमणि सापकोटा, हिउँवाला गौतम लगायत कलाकारहरूको समेत अभिनय छ।

सारंगी फिल्मस्सँगको सहकार्य रहेको कोशेढुंगाको निर्माता निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग हुन्। कार्यकारी निर्मातामा दिनेश खड्का छन्। बाबु श्रेष्ठले छायांकन रहेको फिल्ममा नहकुल खड्काको सम्पादन छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend