logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“माग्ने राजा” फिल्मको गीत सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, साउन ९ २०८२

काठमाडौं । केदार घिमिरे (माग्ने बुढा) अभिनीत फिल्म “माग्ने राजा” को नयाँ गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार “सुतेर उठेको पैसामा” शीर्षकको गीत युट्युबमा रिलिज गरेको हो।



गीतमा बाबुल गिरीले आवाज दिएका छन्। शब्द तथा संगीत पनि उनकै रहेको गीतमा बाबुलका साथमा रोनिश खड्काको बाल गायन समेत सुन्न सकिन्छ।

फिल्मका मुख्य कलाकार केदार घिमिरेलाई केन्द्रमा राखेर तयार भिडिओलाई गम्भिर विष्टले कोरियोग्राफी गरेका छन्। ऋषि लामिछानेको निर्देशनमा बनेको “माग्ने राजा” को प्रस्तुतकर्ता मुनाल घिमिरे हुन्।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी, राधिका कंडेल, पवित्रा साँकी (मिस पबी) लगायत कलाकारहरूको अभिनय छ। सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको डिओपी, मित्र डि. गुरूङको सम्पादन छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend