logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आरआर स्ववियु कप–२०८२ भदौ २२ देखि, भलिबल विजेतालाई ३ लाखसहित ट्रफी र प्रमाणपत्र


  • जन आकाश
  • आइतबार, साउन ११ २०८२

काठमाडौं । ‘सम्पूर्ण विद्यार्थीहरु एकजुट होऔं’ भन्ने नारा सहित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पस कमिटिले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।



‘आरआर स्ववियु कप–२०८२’ अन्तरक्याम्पस स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी भदौ २२ गतेदेखि सुरु हुने भएको हो ।

६ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता भदौ २२ देखि २७ गतेसम्म आरआर क्याम्पसको प्राङ्गणमा आयोजना हुनेछ । प्रतियोगितामा देशभरका विभिन्न क्याम्पसका टोलीहरूले सहभागिता जनाउने स्ववियु अध्यक्ष लोकेश कुमार खड्काले जानकारी

दिए । उनले भने, ‘भलिबलको माध्यमबाट विद्यार्थीबीच आपसी सहकार्य, अनुशासन र एकता प्रवद्र्धन गर्ने उद्देश्य हाम्रो हो । यो प्रतियोगितामा देशभरबाट सहभागि हुने अपेक्षा गरेको छु ।’

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । विजेता टोलीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी दोस्रो हुने टोलीले २ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीलाई १ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

देशका विभिन्न शैक्षिक संस्थाहरूबीच खेलकुदमार्फत सकारात्मक प्रतिस्पर्धा र पारस्परिक समझदारी विकास गर्न खड्काले बताए ।

विद्यार्थीहरूमा नेतृत्व विकास, सहकार्य भावना र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले पनि प्रतियोगिता महत्वपूर्ण हुने अपेक्षा गरिएको छ’ उनले भने ।

आरआर स्ववियु कप–२०८२ का लागि सहभागी टोलीहरूलाई २० हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

इच्छुक टोलीहरूले आयोजकमार्फत ९८६५८६३२३५, ९८६०१३६६४२ वा ९८६८९०६६६८ नम्बरहरूमा सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नेछन् ।

विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा खेलकुदमार्फत विद्यार्थी एकताको सन्देश दिन खोजेको भन्दै सबै क्याम्पसका विद्यार्थीहरूलाई सहभागिताका लागि आह्वान गरिएको स्ववियु सचिव शैलेन्द्र उपाध्यायले बताए । उनले भने, ‘छात्रहरूले

पढाइसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्ने विश्वासका साथ आयोजना गरिएको हो । यस प्रतियोगिता सफल बनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूलाई सहयोगको अपिल गर्दछु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend