logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भक्तपुरमा बन्ने भयो ५० हजार दर्सक अटने रगशाला


  • जन आकाश
  • मंगलबार, साउन १३ २०८२

Oplus_131072
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ५० हजार दर्शक क्षमताको सुविधासम्पन्न फुटबल रंगशाला निर्माणका लागि छलफल अगाडि बढाएका छन्।

प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा आइतबार रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्ति तथा पूर्वाधार विकाससम्बन्धी प्रस्तावलगायतका कुरामा छलफल भएको हो।



 

रंगशालाका लागि भक्तपुरको सूर्यविनायक नगरपालिका–९ को जगाते क्षेत्रलाई सम्भावित स्थानका रूपमा हेरिएको छ। छलफलमा उक्त क्षेत्रको उपलब्ध जग्गा व्यवस्थापन, सरकारी निकायबीचको समन्वय र निर्माण प्रक्रिया छिटो अघि बढाउने विषयमा कुराकानी भएको हो।

उक्त छलफलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाको समेत उपस्थिति रहेको थियो।

प्रधानमन्त्री ओलीले नेपाली फुटबलको दीर्घकालीन विकासका लागि भौतिक पूर्वाधार अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्तो परियोजनालाई सकारात्मक रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको धारणा राखेका थिए।

यदि प्रस्ताव अनुसार जग्गा व्यवस्थापन र अन्य प्रक्रिया टुंगो लागेमा यो रंगशाला नेपाली फुटबल इतिहासमै सबैभन्दा ठूलो र सुविधासम्पन्न संरचना हुने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend