logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिमल साहले खोले सिनामंगलमा “‘बिमल साह” हार्मोनियम शोरुम


  • जन आकाश
  • बिहिबार, साउन १५ २०८२

काठमाडौं । नेपाली गीत संगीत क्षेत्रमा अद्वितीय सीप र समर्पणमार्फत परिचित बिमल साहले राजधानीको सिनामंगल चोकमा “बिमल साह” हार्मोनियम शो–रुम संचालनमा ल्याएका छन्।



विश्वविख्यात गजल सम्राट गुलाम अली जस्ता कलाकारको हार्मोनियम ट्युन गर्ने अनुभव बोकेका साहले अब आफ्नै ब्राण्ड अन्तर्गत हार्मोनियमको बिक्री, मर्मत र निर्माण सुरु गरेका हुन्।

सर्लाहीबाट काठमाडौं आएका साहले सामान्य हार्मोनियम मर्मतको कामबाट आफ्नो यात्रा सुरु गरेका थिए। समयसँगै सिप र अनुभवको संगालो बनेका उनी अहिले हार्मोनियम निर्माणमै अब्बल नाम बनाइसकेका छन्। आज उनका हातबाट बनेका हार्मोनियमहरू नेपालभरिका कलाकारहरूले प्रयोग गर्छन् भने उनले डिजाइन गरेका हार्मोनियम विदेशमा निर्यात हुन्छन् ।

‘बिमल साह हार्मोनियम शो–रुम’मा नयाँ हार्मोनियमका साथै पुराना हार्मोनियमहरूको मर्मत सेवा पनि उपलब्ध छ। ग्राहकको आवश्यकताअनुसार विशेष टिउनिङ, कस्टम डिजाइन र गुणस्तरीय ध्वनि सुनिश्चित गरिने साहको दाबी छ।

बिमल साहको सिपप्रति श्रद्धा यसमा प्रकट हुन्छ कि उनले गजल सम्राट गुलाम अलीको हार्मोनियममा सुर भरेका छन्। यस्तो व्यक्तित्वबाट नेपाली संगीत क्षेत्र लाभान्वित हुनु गौरवको विषय हो। संगीतप्रेमी र कलाकारहरूको लागि यो शो–रुम एक सुनौलो अवसर हो — जहाँ सुर, सृजना र सिपको संगम भेटिन्छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend