logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अराजकता शैली कसैले प्रयोग नगरौं


  • जन आकाश
  • मंगलबार, साउन २० २०८२

यतिवेला नेपालका नेपालीहरुले धेरै समयपछि शान्तिको सास फेर्न पाएको पाएका छन् । झण्डै एकदशक २०५२ वाट शुरु भएको राजनीतिक द्धान्द्ध २०६३ आएर टुगिएको थियो । १० वर्षे लामो आन्तारिक द्धान्द्धवाट गुज्रेको नेपालले पछिल्लो दुई दशक शान्तिपुर्ण समाजमा रुपान्तरण भएको छ ।



यो समयमा नेपालीहरुले जिवन यापनमा उल्लेखिय प्रगति नगरेपनि मानवको नष्ट गर्ने, त्रास फैलाउने, त्रासमा बाच्नुपर्ने जस्ता काम बन्द भएका छन् । चन्दा आतङ, धाकधम्की, अपरण जस्ता घटनामा न्युनिकरण भएको छ । यो नेपाली समाजको लागि असल शासनको एउटा शुरुवात हो ।

यो शुरुवातवाट पछिल्लो पुस्ताले प्राप्त गरेको शिक्षा, समाजमा उसले पाएको सहजता र सालिनताले मानवीय चेतनामा असल कर्मको लागि प्रेरित गरेको छ । सुधार गर्नुपर्ने कामहरु धेरै नै बाँकी छन् । तर देशमा शान्ति मात्र हुदा पनि केही मानिसले राहात प्राप्त गर्दछन् । नेपालमा राजनीतिक द्धान्द्ध केही मात्रमा कम भएको छ । केही सुधार गर्नुपर्ने कुराहरुमा विमत्तिहरु छन् ।

ति बिमत्तिहरुमा राजनीतिक पार्टीहरुले सदनमा, वेला वेला सडकमा समेत विरोध गर्ने गरेका छन् । तर बिगतको जस्तो रेलिङ भाच्ने, इटाले प्रहरीलाई हान्ने, कसैको घर जलाउने, अङभङ पारिदिने, टायर बालेर वायुनै प्रदुषण बनाउने कार्यहरु पछिल्लो पुस्ताले गर्न छोडेका छन् । यसरी मानिसहरुको स्वभावमा परिवर्तन ल्याउनु आउनुमा देशमा विवेकशील मानिसहरुको विकास क्रम मानिन्छ ।

राष्ट्रले आफ्ना नागरिकलाई देशमा नै रोजगार दिन नसकेको एउटा नकरात्मक कुरा बिर्सने हो भने नेपालले पनि केही प्रगति गर्दै गएको भान दिन थालेको छ । यो प्रगतिले अन्य प्रगतिलाई जोड्न सक्छ । प्रगति बढाउनको लागि सवै नेपालीहरुको उत्तिक्कै दाईत्व, सयमता, धैर्यता अनिवार्य छ ।

कतै कतै पछिल्लो समय कुनियत राखेर सामाजिक सञ्जालमा प्रयोग गरिने शव्द, कतै कतै राजनीतिक अल्प ज्ञान भएका समूहहरुले पुनः नेपाललाई राजनीतिक द्धन्द्धमा लैजाने उदेश्य राखि अराजकता फैलाउने प¥यास गरिरहेका छन् ।

नेपाललाई द्धान्द्धमा फसाउदा अन्य हत्तियार बेच्ने कम्पनीहरुलाई फाइदा हुने र नेपाली जनतालाई सधै दासता बनाई राख्ने अदृष्य शक्तिहरुको चालमा हत्तियार उत्पादन गर्ने माफियाहरुले केही अल्पज्ञान भएका राजनीतिक गर्ने जस्ता देखिने काम केही गर्न नसक्ने अल्छि, गफ मात्र गर्न बानी परेकाहरुलाई अप्रत्यक्ष प्रयोग गरी नेपाली समाजलाई अराजकता मच्चाउन कोसिस गरिरहेका देखिन्छन । यस्ता कामहरु राजनीतिक टे«डिङ दिने नाममा केही झुण्डहरुले गरिरहेका छन् ।

यस्ता लक्ष्य विहिन, कुरौटे, भरौटे, बनेर बरालिएर हिड्दा कुनैपनि उपलब्धि हुने देखिदैन । जसले समाजलाई अराजकता मात्र निम्त्याउछ । त्यसकारण जुनसुकै अराजकता नेपालीहरुको लागि स्वीकार्य होइन । त्यसैले आम नागरिकहरुले अराजक गतिविधिमा लाग्नेहरुलाई कुनै पनि तरवरवाट साथ नदिईकन स्वनिर्भर हुने तर्फ अग्रसर हुनुपर्छ । जसले स्वाभिमानी नेपालीको परिचय दिन भुमिका निर्वाह गर्न सकिन्छ । काम गरे मात्र विकास हुन्छ भन्ने मूल मर्मलाई आत्मसाथ गर्न सक्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend