logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिटामोल फिल्मको गीत “रातो पछ्यौरी” सार्वजनिक


  • जन आकाश
  • बुधबार, साउन २१ २०८२

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म “सिटामोल” को नयाँ गीत रातो पछ्यौरी सार्वजनिक गरिएको छ।



साउन २३ (यही शुक्रबार) देखि देशभर एकसाथ रिलिज हुने तयारीमा रहेको फिल्मको टिमले यो गीत रिलिज गरेको हो। गीतको भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको अभिनय छ। यसमा स्वर अञ्जना खतिवडा र रवि ओडले दिएका छन्। गीतको शब्द, संगीत र संगीत संयोजन बाबुल गिरीको हो।

गीतले नेपाली मौलिकता झल्काउने र फिल्मको कथा भावलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। मायाप्रेममा आधारित रहेर यो गीत तयार पारिएको छ।

राज बहादुर सानेको निर्देशनमा बनेको सिटामोलमा सौगात र बेनिशाका साथमा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेललगायत कलाकारहरूको अभिनय छ।

श्रीकृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्दैछन्। तुल्सीदेवी फिल्म प्रा.लि.को निर्माण तथा जुनतारा फिल्म्सको सहकार्यमा बनेको सिटामोलको कथा प्रदीप भारद्धाज र निर्देशक राजबहादुर सानेले लेखेका हुन्।

सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्मको निर्मातामा भूगोल कुमार कार्की र विकासराज जोशी छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend