जन आकाश
काठमाडौं । नेपाली गीत संगीतमा निरन्तर सक्रिय रहँदै आएका गायक तथा संगीतकार मोतिराज खनाल पछिल्लो पुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन्। लामो समयदेखि मौलिकता बोकेको गीतहरू गाउँदै आएका खनालका दर्जनौँ गीतहरू निकै चर्चामा रहेकाछन् ।
खनालले हालसम्म दुई दर्जनभन्दा बढी मौलिक लोक गीतमा स्वर दिइसकेका छन् भने धेरै गीतहरूमा संगीत संयोजन पनि गरेका छन्। उनले हालै सार्वजनिक गरेका “सुपा दउराली” भजन गीतले सामाजिक सञ्जालमा राम्रो चर्चा पाइरहेको छ।
उनका “जुनि जुनि सँगै बाँच्छौंला,लाली गुराँस फुल्यो मायालु,पैसाको बिटो,“ऋण बढेर दोब्बर भइसक्यो, सम्झनाले हो, कान्छी कुटु कुटु खान्छ यो मुटु, क्या राम्री पुतली” जस्ता थुप्रै गीतहरू अहिले पनि रेडियो, टेलिभिजन र युट्युबमा उत्तिकै लोकप्रिय छन्।
संगीत मात्र होइन, उनले अभिनयमा पनि सक्रियता देखाएका छन्। उनले “मेरिबास्सै, ब्राह्ममासे, छिमेकी” जस्ता लोकप्रिय टेलिसिरियलमा अभिनय गरेका छन्। भने दर्जनौ सट -मुभीमा अभिनय गरिसकेका छन्। मोतिराज खनाल नेपाली लोकसङ्गीत क्षेत्रका उदारणीय व्यति हुन्। गायन र अभिनय दुवैमा समान दक्षता देखाउँदै आएका उनले मौलिकता, झल्काउने गीत र सन्देश मुलक टिली चलचित्रमा अभिनय गर्दै आएकाछन् ।
जन आकाश मिडियासँगको कुराकानीमा खनालले आफ्नो बाल्यकालदेखि हालसम्मको यात्रा यसरी सुनाए :
म अर्घाखाँची जिल्ला सितगङ्गा नगरपालिका–२ मा सामान्य परिवारमा जन्मिएको व्यति हुँ। मेरो बाल्यकाल पूर्णरूपमा गाउँमै बित्यो । त्यो बेलाको समय त्यति सहज थिएन अहिलेको जस्तो विकास, सुविधा, टेक्नोलोजी । हाम्रा दिनचर्या मेलापात, उकाली–ओराली , खेतबारीमा काम गर्दै बित्थ्यो। पढ्नका लागि पनि स्कुल निकै टाढा थियो। अभावका बीचमा बितेका ति बाल्यकाल आज सम्झँदा निकै संघर्षपूर्ण लाग्छ, तर त्यही संघर्षले नै आज मलाई यस ठाउँमा ल्याएको हो ।
सानैदेखि गीत–सङ्गीतमा रहर थियो गाउँमा काम गर्दा, मेलापातमा, साथीभाइसँग रमाइलो गर्दा, म गीत गाउने गर्थे । त्यही गीतप्रतिको रुचिले मनमा गहिरो बसाइ बनायो। गाउँको पढाइ सकिएपछि म पढ्नकै लागि काठमाडौं आएँ। काठमाडौं आएपछि आर आर क्याम्पसमा संगीत विषय लिएर पढ्न थालेँ। पढ्दापढ्दै २०६५ सालमा पहिलो पटक गीत रेकर्ड गर्ने मौका पाएँ। त्यो गीतले मलाई प्रेरणा दियो र म पूर्णरूपमा संगीतको यात्रामा लागेँ। अहिले दर्जनौँ गीत गाइसकेको छु, भने दर्जनौ गीतमा संगीत पनि गरेको छु।
गीतको कुरा गर्दा मलाई सबै खालका गीत गाउन मन पर्छ तर वेदनात्मक गीतप्रति मेरो विशेष मोह छ। पीडाबोध, अभाव, दुःख, सम्झना, माया, विछोड जस्ता विषय समेटिएका गीतहरू गाउन मलाई धेरै मन पर्छ। यस्ता गीतले दर्शकलाई भावनात्मक रूपमा छुन्छ भन्ने लाग्छ। मैले केही टेलि-सिरियलका गीतमा समेत आवाज दिएको छु ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend