जन आकाश

तेज प्रकाश बानियाँ
समाजसेवी उपेन्द्र बहादुर बानियाँको जन्म २०१५ साल पुस महिनाको ८ गते हालको ठेगाना अनुसार बागमती प्रदेश, काभ्रे जिल्ला, पाँचखाल नगरपालिका वडा नं. ३ अल्छेढुङ्गा भन्ने ठाउँमा भएको हो । पिता तेजबहादुर बानियाँ र माता जगत कुमारी बानियाँको ३ छोरामध्ये जेठो छोराको रुपमा जन्मेका उपेन्द्रको बाल्यकाल माता पिताका साथ घरमै बित्यो । उनको किसानी परिवार भएकाले घरबाट कखरा सिक्ने सम्भावना भएन । उनी बाल्यकालदेखि नै मातापिताले गरेका किसानी कर्म हेरेर बस्थे । बेशी सर्ने भन्दा पहिला गाउँवेशी गर्ने परिवारले बच्चालाई डोकोमा बोकेर गाउँवेशी गराउँथे । उपेन्द्र जन्मेको ताका बेशीमा औलो ज्वरोको डर हटी सकेको थिएन । मित्रराष्ट्र र नेपाल सरकारको संयुक्त प्रयासमा औलो उन्मूलन कार्यक्रम धमाधम सञ्चालन भइरहेको थियो । ३÷४ वर्ष पछि उन्मूलन भयो । गाउँलेहरु वेशी सर्नेको लहर चल्यो । उनको परिवार पनि बेशी स¥यो । स्कुल जाने बेला भएको थियो । बेशीमा स्कुल हुने कुरा भएन । उनी ५ वर्षको उमेरमा स्कुल जाँदा विहान ४ किलो मिटर उकालो र बेलुका घर फर्कने बेलामा ४ किलो मिटर ओरालो हिँड्नु पर्ने गरी गाउँको आप्mनो घर अगाडि श्री गणेश प्राइमरी स्कुलमा भर्ना भए । स्कूल भर्खर खुलेका बेला, रत्नप्रसाद पराजुली प्रधानाध्यापक हुनुहुन्थ्यो । १ देखि ३ सम्म त्यहाँ अध्ययन गरेर ४ कक्षादेखि जोरपाटीमा सर्व मंगला विद्यामन्दिर निम्न माध्यमिक विद्यालय खुलेकोले त्यसमा अध्ययन गरेर २०३२ सालमा एसएलसी परीक्षा दिए । नतीजा आउदा द्वितीय श्रेणीमा उत्तीर्ण भए ।
किसान परिवारमा जन्मे हुर्केकाले खेतीपातीमा पनि ध्यान जानु स्वभाविकै हो । घरको काम पनि, समय भएको बेलामा हेर्दै गए । माता पिता दिनदिनै बृद्धा हुँदै जानु भयो । भाईहरु हुर्कदै थिए । तिनलाई पढाउनु पनि पर्यो । घरखेती जग्गा अलि धेरै भएकोले राम्रोसँग हेरविचार गर्ने मानिस पनि भएन । तसर्थ आपूmलाई घर छाडेर कतै जानपनि असजिलो आदी कारणहरुले गर्दा बाद्य भएर २०३२ साल वैशाख महिनामा बनेपा धनेश्वर निवासी मिनबहादुर अधिकारी तथा (जो रवि ओपिका प्रधानपञ्च पनि हुनुहुन्थ्यो ।
मनमाया अधिकारीका जेठी छोरी मिरा अधिकारीका साथ विवाह बन्धनमा बाँधिए । त्यसपछि २ वर्ष घरै बसी खेतीपातीमा पितामातालाई सहयोग गरे । उनलाई शिक्षामा अलि कमी भएको जस्तो लागेर पुनः कोठाको व्यवस्था गरी सानो ठिमी भक्तपुरमा गएर आइएड कक्षामा भर्ना भए । ४ सेमेष्टरको कक्षामा ३ सेमेस्टरसम्म.थ्योरी पढेपछि चोथौ सेमेस्टरमा २ महिना कक्षा र ३ महिना शिक्षण अभ्यासको लागि स्कुलमा पढाउने व्यवस्था भए अनुसार उपेन्द्रको नाम नाला उग्रचण्डी माविमा परेको रहेछ । सोही अनुसार तोकिएको विद्यालयमा गए ३ महिना शिक्षण गरी सिफािरसको कागज सहित कलेज आए । त्यसको केही दिन पछि नतीजा प्रकाशित भयो । उनी राम्रोसँग उत्तीर्ण भए । त्यसपछि भने पढाइमा पुरा विट मारेर घर व्यबहार लगायत अन्यत्र व्यापार आदि गर्ने निश्चय गरेर द«ुइ बर्षजस्तो घर बसे पछि फेरि परिस्थितिले अर्कै मोड लियो । २०४२ सालमा अनेकोट, द्वारे, डिही, भक्रम देवी निम्न माध्यमिक विद्यालयबाट अचानक बोलावट भयो । त्यहाँ उपेन्दसँग पहिलादेखि चिनापर्ची भएको विनोद खतिवडा त्यस विद्यालयको अध्यक्ष हुनुहुँदो रहेछ । उहाँले उपेन्द्र आइएड पास गरेर घरमै बसेको थाहा पाए, घर पाएकको जागिर भनेर बोलाएको रहेछ । यसरी त्यहाँ शिक्षण काम गरी स्थाई पनि भए । ४ वर्ष नोकरी पुगेपछि यसरी नोकरी गर्दैमा भने जस्तो घर व्यवहार धान्न सक्ने आय आर्जनको ब्यवस्था नह«ने सोचेर व्यापार व्यवसायमा लाग्नु पर्छ भनेर त्यो जागिर पनि राजिनामा गरे ।

जागिर पछि त्यसपछि ट्रक ब्यवसाय गरे । जलढुङ्गेमा मिल थापे । त्यसबाट पनि चित्त बुझ्दो प्रगति भएन । मिललाई लामीडाँडामा हुन्छ कि भनेर स्थानान्तरण गरियो । भाइहरु भित्र भए खास्रै प्रगति भएन जिविकोपार्जनको ब्यवस्था मात्र भयो । ७४ वर्षको उमेरमा २०५६ सालमा ममतामयी माता स्वर्गे हुनुभयो । ८० वर्षको उमेरमा २०६० सालमा पिताजी स्वर्गे हुनुभयो परिवारमा टुहुरो भैयो भने अर्का तर्पm ब्यवहारको सम्पूणर््ा बोझ उनको काँधमा आयो । आप्mना २ छोरा र २ छोरी घरमा छन् । छोरीहरुको बिवाहदान गरे । जेठो छोरा बिदेश जाने सिलसिलामा हङ्कङ गए । यता आपूmले नयाँ व्यवसाय जग्गामा हातहाले । त्यसबाट पहिलो फेजमा चेपुवामा परेपनि केही वर्ष पछि विस्तारै अवस्था सुध्रियो । ५ वर्ष बिदेश बसाई पछि जेठो छोरा घर फर्किए । दीप बिवाह बन्धनमा बाधिए । घरायसी काममा माता पितालाई सहयोग गर्न थाले । कान्छो छोरा अष्ट्रलिया गए । हाल कान्छो छोरा बुहारी कष्टे«लियामा छन् ।
सामाजिक र धार्मिक सेवासामाजिक एवम् धार्मिक कार्यको विषयमा छुट्याउने सिमा ज्यादै कम छ । नांगो आँखाले छुट्याउन पनि सकिँदैन । पावरवाला चस्माको आवश्यकता पर्दछ । त्यतिमात्र नभएर कहिले कहिँ दशमलबमा आउने भएर क्यालकुलेटर आवश्यक पर्छ । त्यो झन्झट कसले गर्ने ? तसर्थ व्यवहारमा न्याय दिन सकिने अवस्था नभएकोले यी दुबै कामलाई एउटै शीर्षक अन्तरगत राखिएको छ । उपेन्द्र बानियाँले गरेको हाल सम्मका सामाजिक र धार्मिक.कार्यहरु जुन यस प्रकारका छन् ।
१ बानियाँ बन्धु समाज केन्द्रीय कार्य समितिको निर्देशानुसार २०६८ सालमा गठन गरिएको बानियाँ बन्धु समाज जिल्ला कार्य समिती काभ्रेको हालसम्म अध्यक्ष पदमा कार्यरत रही आवस्यकता अनुसार केन्दसँँग समन्वय गरीरहेका छन् । २०६९ साल बैशाख गते जिल्ला कार्य समितिले एक भब्य समारोह आयोजना गरी केन्दिय पदाधिकारीहरको सहभागितामा बृद्धबृद्धा सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
२ समय समयमा केन्द्रिय कार्य समितिको निर्देशनमा हुने जानकारीहरु अध्यक्षको हैसियतले गाभिंर्यता हेरी जिल्लाका बन्धुहरुमा प्रवाह गरेकाछन् । गठन भएको कार्य समितिमा रही २०६९ सालदेखि हालसम्म जिल्ला अध्यक्षको कार्यभार सम्हाल्दै आएका छन् । बानियाँ बन्धु समाज जिल्ला कार्य समिति काभे्रलाई परिआएको सामान्य आर्थिक सहयोग गर्दै आएका छन् ।
३) बानियाँबन्धु केन्द्रीय कार्य समितिको ३ वर्षको अवधिमा हुने महासमितिमा सक्दो रुपमा सहभागी हुँदै आएका छन् ।
४) केन्द्रीय कार्य समितिको निर्देशनमा रही बेलाबखत जिल्ला कार्य समितिको भेला गराई केन्द्रका निर्देशन जिल्लस्तरमा पु¥याउने गरेका छन् । बानियाँ बन्धु समाजको वंशघर निर्माण गर्न अरु गन्यमान्त्र बन्धुका सरहनै आर्थिक सहयोग गरेका छन्
५) पाँचखाल न पा अन्तर्गत बिभित्र कार्यहरुमा गरिएका आर्थिक सहयोगहरु
क) वडा न ३ चार पिप्लेमा मा कृष्ण मन्दिर निर्माणमा आर्थिक सहयोग ।
ख) वडा नं ६ मा अस्पताललाई एम्बुलेन्स खरिदमा आर्थिक सहयोग ।
ग) वडा नं ४ समाजकल्याण स्थित शिव मन्दिर निर्माणमा आथिक सहयोगका साथै नियमित पूजाकालागि पितामाताको सम्झनामा रु ५०,००१÷(पचास हजार एक रुपैंया) को अक्षयकोष स्थापना ।
घ) वडा नं ३ स्थित कृष्ण मन्दिर निर्माणमा आर्थिक् सहयोग ।
च) वडा नं ६ स्थित दुग्धेश्वर मन्दिर निर्माणमा आर्थिक सहयोग ।
छ) वडा नं ६ ढुंगाना वेशी स्थित मन्दिर निर्माणमा आर्थिक सहयोग ।
ज) वडा नं ६ बख्रेलडिहीमा लिप्mट सिचाइकोलागि आर्थिक सहयोग ।
झ) वडा नं ५ मुडेपानी केराघारी मन्दिर निर्माणमा आर्थिक सहयोग ।
ञ) वडा नं ९ पलाञ्चोक भगवती स्थान पार्क खरिदमा आर्थिक सहयोग ।
ट) वडा नं ३ कोटदेवी मन्दिर जिर्णोद्धारमा आर्थिक सहयोग ।
ठ) सर्व मंगला क्याम्पस स्थापना गर्न आर्थिक सहयोग गर्नुकासाथै सञ्चालक समितिमा रही १ वर्ष कार्य गरेको ।
ड) गरीव, अशक्त, विरामी र असहायहरुलाई बेला बेलामा आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको ।
ढ) काप्mलेडिही बस स्टपमा पिताजीको समयमा निर्माण गरिएको चौतारो र प्रतिक्षालय पुरानो र सानो पनि भएकोले पुरानो संरचनालाई पुरै हटाई, नयाँ रुप दिई मर्मत एवम् निर्माण गरी पिता माताको सम्झनामा समीको चौतारो निर्माण गरेको । यसैगरी जालपाको मन्दिर अगाडि बर र पीपल, सहितको चौतारो २ र शंकर बेलको रुखको फेदमा पिताजीले बनाएको सानो चौतारो हटाई नयाँ समेत गरी ३ गोटा सिमेण्टेड चौतारो निर्माण गरी बर–पीपल रोपी बर पिपलको बिवाह समेत गरीदिएको ।
ण) मन्दिरहरु निर्माण
घरदेखि करीव ३०० मिटर उत्तरपट्टि पण्डितको डाँडा भत्रे सम्म चउरमा आप्mनो आधा रोपनी जग्गामा बानियाँहरूकी कुलदेवी जालपा देवीको ४ तले मन्दिर निर्माण गरेको । यसैगरी तामाघाट पूलबाट १०० मिटर उत्तर दायाँ पट्टि ३ तले दुर्गामाताको मन्दिर निर्माण गरेको । यसका साथै शंकर बेलको बोट नजीक २ तले पञ्चकन्या माइको मन्दिर निर्माण गरेको । माथी उल्लेखित ३ गोटा मन्दिरहरु र चौतारोहरु उपेन्द्र बानियाँले आप्mनै जग्गामा, आप्mनै व्यवस्थापन र सम्पूर्ण आप्mनै लगानीमा सम्पत्र गरेका हुन् ।
६) मन्दिर उद्घाटन
मन्दिर र चौतारीहरु उद्घाटन समारोह २०८१ चैत्र १८ गतेका दिन उपेन्द्र बानियाँका २ वटा नातिको ब्रतवन्ध र २ नातिनीको गुन्यूचोली, एवम् नव निर्मित जालपा माताको मन्दिरमा लाख बत्ति बाल्ने साइत पनि त्यसै दिन जुरेकोले उक्त दिन ४ वटा विशाल अनुष्ठान एकसाथ सम्पत्र भए । उक्त कार्यक्रममा अगिल्लो दिनदेखिनै उच्चस्तरीय ब्याण्ड बाजा तथा नेपालको प्रसिद्ध साङ्गीतिक टिम इन्दे्रणीका सञ्चालक कृष्ण कँडेल सहितको उपस्थितिमा भब्य साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको थियो । भोलिपल्ट ब्याण्ड तथा इन्द्रेणी टिमको भब्य कार्यक्रमका बीच उपनयन संंस्कार कार्यक्रम वैैदिक बिधि अनुसार परम्परागत ढंगबाट बटुकहरुलाई मन्त्र सुनाउने काम सम्पत्र भयो भने, साथसाथै अर्कातर्पm गुन्यूचोली र बेलुकापख लाख बत्तिको कार्यक्रम सञ्चालन भैरहेको थियो । यसैगरी मन्दिरहरु अनावरण कार्यक्रम बानियाँ बंशका कुलाभूषण, नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी तेजप्रकाश बानियाँका बाहुलीबाट सुसम्पत्र गरिएको थियो । उक्त कार्यक्रममा ब्याण्डबाजा तथा इन्देणी टिम साथ उपस्थित मानव सागर देख्दा मेला भैंm लाग्थ्यो उक्त समारोहमा आफन्त, छिमेकी, साथीभाइ, शिक्षा क्षेत्रका पाहुना, बानियाँ बन्धुसाजका केन्द्रिय पदाधिकारीहरु, ब्याण्ड टोली, इन्द्रेणी ग्रुप, समेतको सहभागिता थियो ।
७) तीर्थस्थल एवम् देश दर्शन
देशका विभित्र तीर्थस्थलहरुको दर्शन भ्रमण एवम् जिल्लाका मुख्य मुख्य पर्यटकीय स्थानहरुको दृश्यावलोकन भ्रमणका हिसावले साथीहरुको ग्रुपमा पूर्व पश्चिम ५ गोटै विकाश क्षेत्रका सबैजसो जिल्लाको भ्रमण र जिल्लामा प्रशिद्ध मानिएका मठ मन्दिर र तीर्थस्थलहरुको दर्शन भ्र्र्र्र्रमण गरीसकेका छन् । अष्ट्रेलियाका विभित्र सहरहरुको भ्रमणबाट फर्कदा दिल्ली बसाइका बेला भारतका केही तीर्थस्थल पुगेका छन् ।
उपेन्द्रलाई बुढ्यौली पनि लाग्यो, ब्यवहार पनि छोराहरुले हेर्न सक्ने भए । आपूmलाई समाज सेवा र धर्मकर्ममा ब्यस्तराख्न रुचाउने उपेन्द्र बानियाँले १० वर्ष अगाडि आप्mनै घरसँगै साढे ४ तले घर बनाई छोराहरु दीप र ज्योतिको नामबट दिपज्योति नामक फेमिली टाइप रेष्टूरेण्ट सञ्चालनको जिम्मा जेठो छोरालार्य दिई, हाल घरैमा बसेर सामाजिक कामबारे सोच्दै छन् । उनी श्रीमती १, छोरा २, छोरी २, ज्वाइ २, बुहारी २, नाति ३ र नातिनी ५ समेत १७ जनाको अभिभावकको रुपमा छन् ।
नेपाली समाजको चित्रण गरी बृद्धा अवस्थामा पनि १६ वर्षे ठिटोको जागर गरेर लेख पठाउनुहुने साहायक रथी तेज प्रकाश बानियाँलाई धन्यवाद व्यक्त गर्दछौ । स.
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend