logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कविता


  • जन आकाश
  • बिहिबार, साउन २२ २०८२

कविता
जीवन रहेछ यात्राको कथा ।
हर्ष र विस्मात बीचको व्यथा ।
कहिले हाँसो कहिले त आशु ।
फेरिएर जान्छ रङ्ग र मासु ।



सपना बोकेर अगाडि बढ्नु ।
वाधा केही परे पछाडि हट्नु ।
शंकष्टका आँधी हुरीमा टिक्नु ।
अडिग मनले उपाय झिक्नु ।

जीवन भनेको दीपको ज्योति ।
यै नै रहेछ अनमोल मोती । साँझ र विहानीे घाम र छायाँ ।
सबैको हुन्छ आप्mनै चोखो माया ।

चलीरहु निरन्तर जहिल्यै ।
सपना छरौं आशाका पहिल्यै ।
जीवन यही कर्म पनि यही ।
सफल जीवन रहेछ यही ।

उपेन्द्र बानियाँ
पाँचखाल, काभ्रे

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend