जन आकाश
काठमाडौं । अभिनेता केदार घिमिरे (माग्ने बुढा) को मुख्य अभिनय रहेको फिल्म माग्ने राजाको ट्रेलर सार्वजनिक भएको छ।
बिहीबार सार्वजनिक ट्रेलरमा ऋणको भारले थिचिएको मुख्य पात्रको रमाइलो कथा देखाइएको छ। फिल्ममा केदार कुबेर शर्मा नामक पात्रको भूमिकामा देखिएका छन्। एउटा गरिबको धनी बन्ने महत्वाकांक्षाको कथा फिल्ममा प्रस्तुत गरिएको सार्वजनिक ट्रेलरबाट आँकलन गर्न सकिन्छ।
मुख्य पात्र कहिले ठूलो घर किन्न पुगेका छन्। कहिले हेलिकप्टर किन्ने कुरा गरेका छन्। क्बलमा रमाइलो गर्न पुगेको, कुटाइ खाएको, पैसा बाँड्दै हिँडेकोसम्मका दृश्य ट्रेलरमा अटाएका छन्। उनी फरक–फरक गेटअपमा देखिएका छन् भने उनका संवाद रमाइला छन्।
ट्रेलरको अन्त्यतिर मर्मस्पर्शी संवाद समेत छन्। बिना मेहनतको पैसाले कसैको भलो गर्दैन भन्ने सन्देश समेत दिन खोजिएको छ। ऋषि लामिछानेको निर्देशनमा बनेको माग्ने राजाु मा केदारसहित वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायत कलाकारहरूको अभिनय छ। सामीप्य तिमल्सेनाको लेखन रहेको फिल्मको निर्माता मुनाल घिमिरे हुन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend