logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“पार्वती” फिल्म माघ १ देखि प्रदर्शनमा आउने


  • जन आकाश
  • आइतबार, साउन २५ २०८२

काठमाडौं । नीता फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्म “पार्वती” माघ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ।



यो फिल्मलाई अभिनेत्री नीता ढुंगानाले निर्देशन गर्दैछिन्। शनिबार दुई फरक पोस्टर सार्वजनिक गर्दै फिल्म यही वर्षको माघ १ गते रिलिज हुने घोषणा गरिएको हो। सार्वजनिक दुवै पोस्टरमा अभिनेत्री नीता ढुंगाना मात्रै छिन्। एउटामा उनलाई पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखाइएको छ। दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अदासहित प्रस्तुत भएकी छन्।

फिल्मको कथा नीता ढुंगानाले नै लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीको हो। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्मातामा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगाना छन्।

निर्माण पक्षका अनुसार, “पार्वती” हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हुनेछ। जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव दर्शाइनेछ। असोजबाट छायांकनमा जाने फिल्मको कथाकार तथा प्राविधिक को–को रहने छन् भन्ने बारेमा निर्माण पक्षले खुलाएका छैनन्। निर्देशक अधिकारीका अनुसार केही दिनमा कलाकार तथा थप प्राविधिकहरूको जानकारी दिइने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend