जन आकाश
काठमाडौं । स्पार्कल इन्टरटेन्टमेन्टको आयोजनामा हुने “मिस एण्ड मिसेस युनिभर्सल सिजन ४” को आवेदन खुला गरिएको छ। सिजन ४ को पहिलो अडिसन शनिबार सम्पन्न भएको छ भने दोस्रो अडिसन साउन ३१ गते हुने तय भएको छ।
पहिलो अडिसनमा टिकटकर तथा सामाजिक अभियान्ता अन्सु बर्मा, मिसेस युनिभर्सल सिजन २ र ३ का विजेता निर्णायकका रूपमा उपस्थित थिए। प्रतियोगिताका अफिसियल कोरियोग्राफर अन्जल कुँवर रहेका छन् भने कार्यक्रमको अर्डिनेटर अस्मिता राई (अमृता) हुन्।
आयोजकका अनुसार ग्राण्ड फाइनल असोज ३ गते नेपाल प्रहरी क्लबको हल, प्रदर्शनी मार्गमा भव्य रूपमा आयोजना हुनेछ। प्रतियोगिताले प्रतिभावान महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर उपलब्ध गराउने विश्वास लिइएको छ।
कार्यक्रममा बोल्दै स्पार्कल इन्टरटेन्मेन्टका अध्यक्ष नितु श्रेष्ठले “प्रतियोगिताले सहभागी महिलाहरूको आत्मविश्वास व्यक्तित्व र प्रतिभा विकासमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।” उनले निष्पक्ष मूल्याङ्कन, पेशेवर प्रशिक्षण र अवसरहरूको माध्यमबाट प्रतिभावान महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने उद्देश्य रहेको कार्यक्रममा बताइन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend