जन आकाश
काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटगरी यही आउदो २०८२ भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी औपचारिक रुपमा आग्रह गरेको छ ।
उक्त भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औं वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिनु भयो । यसैक्रममा अध्यक्ष चौधरीले यस वर्षको अटो शोमा:
. १२५ भन्दा बढी प्रदर्शक,
.३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू,
.इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू,
. विन्टेज मोटर शो,
पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका UNITREE रोबोट्स् र Deepal eVTOL UAV जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी दिनु भयो ।
सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गर्नु भएको छ । यसबाट अटोमोवाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महशुस गरेका छन् ।
उक्त भेटभाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend