जन आकाश
काठमाडौं । नेपाली समाजमा व्याप्त बेरोजगारी, भ्रष्टाचार, अवसरको अभाव र युवाहरूको बढ्दो निराशालाई विषयवस्तु बनाउँदै “जे गरेनी नहुनी ” नामक सामाजिक टेली सिरियल निर्माण हुने भएको छ ।
शृङ्खलामा आजका युवाहरूले बोकेको सपना, उनीहरूले भोग्नुपरेको व्यथा र जागिरका लागि घुस खुवाउनु पर्ने बाध्यतालाई मुख्य कथावस्तु बनाइएको छ। म केही गर्छु भन्ने आँट बोकेका युवाहरूलाई समाज र व्यवस्थाले कसरी निराश बनाइरहेको छ भन्ने कुरा यस सिरियलमा देखाइनेछ ।
देशको अवस्था यस्तो छ कि जहाँ गएकै थलोमा युवाहरूले दुःख र संघर्ष मात्र भोगिरहेका छन्। यथार्थमै आधारित यो टेलिशृङ्खलाले देशभित्रै बसेर केही गर्न चाहने युवाहरूको अभाव र बाध्यता झल्काउनेछ।
उदाउँदो कलाकारहरूलाई समेटिएको यस शृङ्खलामा अभिनय गर्ने कलाकारहरू यसप्रकार छन् बिजेन्द« नौवागे, पुजा लामा, मंगल जित तामाङ, राधिका थापा, मनिसा डुम्रे, रोमा बिष्ट, जय सापकोटा, राजु तामाङ, अस्मिता तामाङ, रमा थपलिया, यादव बैरागी, गोपाल यादव, बिक्रम ठकुरी, र राजेन्द्र गिरीलगायत अन्य नयाँ तथा पुराना कलाकारको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।
सिरिलको छायांकन काठमाडौंको नजिकै रहेको जितपुरफेदी क्षेत्रमा भइरहेको छ। प्राविधिक पक्ष क्यामेरा मेन केशब अधिकारी लाइटमेन विक्रम महेश थापा रहेकाछन् ।
साथै, संगीत पक्षमा पनि समर्पित टिमको भूमिका उल्लेखनीय रहेको छ। सङ्गीत स्वर बसन्त सापकोटा गीत राज तामाङ
शब्द लेखन रघु परियारको रहेको छ ।
निर्देशकको भनाइ अनुसार, “जे गरेनी नहुनी” एक शृङ्खला होइन, सामाजिक चेतनाको स्वर हो। यसले युवा पुस्ताको मनोविज्ञान, उनीहरूको सपना र व्यवस्था प्रतिको आक्रोशलाई उजागर गर्नेछ।
नेपालमा अहिलेको पुस्ता परिवर्तन चाहन्छ, तर त्यो परिवर्तनको बाटोमा स्वयं व्यवस्था नै बाधक बन्न पुगेको छ। यस शृङ्खलाले यस्तो स्थितिको भण्डाफोर गर्न खोजेको छ। शृङ्खला छिट्टै विभिन्न सामाजिक प्लेटफर्महरूमा सार्वजनिक
गरिनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend