logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

विष्णु माझीको तीज गीत सार्वजनिक


  • जन आकाश
  • बुधबार, साउन २८ २०८२

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ।



बुधबार बिहान “म त नराउरी” बोलको गीत युट्युबमा सार्वजनिक भएको हो। यो गीत “पुतलीको भट्टी” भाग २१ का रूपमा बजारमा आएको हो।

तीज नजिकिँदा हरेक वर्ष विष्णु माझीको गीतको प्रतीक्षा हुन्छ। विष्णुको यस वर्षको तीज गीतमा पनि उनका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। भिडिओमा गत वर्षकै गीत “आइनँ आमा यो तीजमा” की मोडल ललिता पौडेलले निरन्तरता पाएकी छन्। भिडिओमा ६० जना कोरस डान्सर राखिएको छ।

भिडिओको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टको हो।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend