logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पूर्वाञ्चल विश्वविद्यालयमा ५० सिटसहित एमबिबिएस पढाइ सुरु हुने


  • जन आकाश
  • आइतबार, भाद्र १ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमता सहितको एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो।



मोरङको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको तीन दशकपछि एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको हो। यसअघि २०६२ सालमा प्रवेश परीक्षा सञ्चालन भए पनि एमबिबिएस कार्यक्रम सञ्चालन हुन सकेको थिएन।

उपकुलपति प्राडा बिजुकुमार थपलियाले विश्वविद्यालयको निरन्तरको प्रयास, राजनीतिक नेतृत्व र नागरिक समाजको समन्वय र स्थानीयवासीको सकारात्मक दबाबका कारण एमबिबिएस शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति प्राप्त भएको बताए।

उनका अनुसार लामो समयदेखिको शैक्षिक, भौतिक पूर्वाधारको तयारी र सबै पक्षबाट प्राप्त भएको सकारात्मक सहयोगको परिणाम स्वरूप एमबिबिएस कार्यक्रम सुरू हुन लागेको हो।

चिकित्साशास्त्र संकायका डीन डा। शैलेषमणि पोखरेलले चिकित्सा शिक्षा आयोगले छनोट गरेर पठाएका ५० जना विद्यार्थीलाई एमबिबिएस अध्ययन गराउन विश्वविद्यालय तयारी अवस्थामा रहेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend