logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

१७६ रनको लक्ष्य पछ्याउँदै नेपाल संकटमा, सुरुवाती (२) दुई विकेट गुमायो


  • जन आकाश
  • सोमबार, भाद्र २ २०८२

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी(२०) सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा जितका लागि नेपालले (१७६) रनको लक्ष्य पाएको छ । डार्विनस्थित मर्रारा स्टेडियममा मेलवर्न स्टार्स एकेडेमीविरूद्ध जितका लागि नेपालले १७६ रनको लक्ष्य पाएको हो।



सोमबार बिहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मेलवर्न स्टार्स एकेडेमीले ७ विकेट गुमाएर १७५ रन बनाएको हो। मेलवर्न स्टार्स एकेडेमीका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए। उनले ४७ बलमा ७ चौका र २ छक्का हाने।
त्यस्तै ओपनर थोमस रोजर्सले ४६ बल खेलेर ७ चौका र १ छक्का प्रहार गरी ६५ रन बनाए।

साम हार्परले नट आउट ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। सोमपाल कामी र शाहब आलमले एकरएक विकेट लिए।

जबाफी ब्याटिङ गरिरहँदा नेपालले ४ ओभरमा दुई विकेट गुमाएको छ । ओपनर कुशल भूर्तल १३ बल खेलेर आउट हुँदा २५ रन जोडेका थिए। उनले ४ चौका प्रहार गरेका थिए। उनको विकेटपछि आएका भीम सार्की २ बल खेलेर आउट भए।

अहिले क्रिजमा आशिफ शेख र कप्तान रोहित पौडेल छन्। जारी सिरिजमा यसअघिका दुवै खेलमा नेपाल पराजित भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend