logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

तीज विशेष सुसेली:


  • जन आकाश
  • आइतबार, भाद्र ८ २०८२

तीज विशेष सुसेलीः




हरितालिका
तीज आयो माझमा
बुझ कालिका ।


दिदी बहिनी
भेला भइ नाच्ने हो
तीज चाहिनी ।


व्रत बसेर
मनाइन्छ तीज यो
सबै भएर ।


विकृति बढ्यो
देखासिकिले गर्दा
मात पो चड्यो ।


तीज बेलैमा
दर खाइ सबैले
नाच्छन् भेलैमा ।


घर घरमा
आयो तीज साथी हो
वरपरमा ।


भेला भएर
तीज नाच्ने गाउने
सबै मिलेर ।


होटेल हैन
मानौं गई माइत
हुन्न बेचैन ।


तीज आएर
हुन्न कुनै महत्त्व
पार्टी धाएर ।

१०
भर पर्नी हो
तीजको बेलामा त
गफ गर्नी हो ।

११
आएको तीज
भव्य बनाउनु छ
नराखी ईख ।

१२
संस्कृति बँचे
तीज मनाउने हो
सबैले बुझे ।

१३
शुद्ध खाएर
मनाऔँ है तीज यो
मन लाएर ।

१४
दर पो खाई
मनाउनुपर्छ है
यो तीजलाई ।

१५
शुद्ध मनले
मनाउँछौ यो
सबै जनले ।

रिता खराल (देवीश्रीराधा)
गैडहवा -९ रूपन्देही

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend