logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गायिका उषा गजुरेलको आवाजमा “पप्पी देउन” सार्वजनिक


  • जन आकाश
  • आइतबार, भाद्र ८ २०८२

काठमाडौं । लोकप्रिय गायिका उषा गजुरेलको आवाजमा नयाँ गीत “पप्पी देउन” सार्वजनिक गरिएको छ। उक्त गीत (Usha Gajurel) अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।



गीतमा स्वर/शब्द गायिका उषा गजुरेलकै रहेको छ। संगीत संयोजन,मिक्सिङ  श्यामश्वेत रसाइलीले गरेका छन्। गीतमा प्रेमिल भावनालाई समेटिएको छ, जुन युवा पुस्तालाई लक्षित गर्दै तयार पारिएको देखिन्छ।

भिडियोको निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। अभिनयतर्फ सुन्दर घलान र जुन विश्वकर्माको केमेस्ट्री आकर्षक रुपमा देख्न सकिन्छ । सिनेम्याटोग्राफर नवराज उप्रेती रहेको गीतमा सम्पादन नविन घर्ती मगरको गरेकाछन् ।

गीत सार्वजनिक भएलगत्तै दर्शक,श्रोताबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। “पप्पी देउन” गीतले छोटो समयमै लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend