logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ह्युन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ को विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण


  • जन आकाश
  • सोमबार, भाद्र ९ २०८२

काठमाडौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि  नेपालका लागि ह्युन्डाई गाडीका आधिकारिक वितरकले फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ।



विजेता कुवेरा कन्स्ट्रक्सन प्रा. लि. लाई ८ भदौ २०८२, आइतवार “LAXperience 2025” को दोस्रो दिन नयाँ ह्युन्डाई भेन्यू १.२ प्रदान गरिएको छ । दशैं–तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजना अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड मार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनस जस्ता सुविधा पाएका थिए।

ह्युन्डाई नेपालले विजेता कुवेरा कन्स्ट्रक्सनलाई हार्दिक बधाई दिंदै, योजनामा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend