logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

देशभरका हलमा लाग्यो नाजिर हुसेनको गुन्यो चोलो


  • जन आकाश
  • शुक्रबार, भाद्र १३ २०८२

काठमाडौं । नाजिर हुसेर अभिनीत फिल्म  गुन्यो चोलो द ड्रेसु शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ।



लैंगिक अल्पसंख्यक समुदायको कथा पेश गर्ने यो फिल्मलाई समुन्द्र भट्टले निर्देशन गरेकी हुन्। फिल्ममा नाजिरले पारलैंगिक महिलाको भूमिकामा अभिनय गरेका छन्। उनको पात्रले पहिचानका लागि गर्ने संघर्षमा फिल्म केन्द्रित छ। यो सामाजिक कथानक फिल्ममा नाजिरसँगै सञ्चिता लुइँटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठलगायत कलाकारहरूको अभिनय छ। फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ।

यो फिल्म नेपाली र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो। फिल्ममा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। कथा समुन्द्र भट्ट, नाजिर हुसेन र भि–भन्सेले तयार पारेका हुन्। यो फिल्मको रनटाइम २ घण्टा ७ मिनेट छ। टिजर, ट्रेलर र गीतबाट राम्रो प्रशंसा पाएको फिल्मलाई दर्शकले रूचाउने विश्वास निर्माण टिमको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend