logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सबिन खड्काको आवाजमा “चालिस कटेसी” बोलको गीत सार्वजनिक हुँदै


  • जन आकाश
  • शुक्रबार, भाद्र १३ २०८२

काठमाडौं । गायक सविन खड्का र गायिका आसा बिसीको स्वरमा सजिएको नयाँ गीत “चालिस कटेसी” बोलको गीत केही समयमै सार्वजनिक हुँदैछ। उक्त गीत (SK Entertainment Nepal) युटुबब च्यानलबाट सार्वजनिक गरिने भएको हो ।



गीतको शब्द गायक खड्काले नै गरेका हुन् भने पछिल्लो समयका लोकप्रिय संगीतकार मोतिराज खनालले संगीत भरेका छन्। संगीत संयोजन, मिक्सिङ मास्टरिङ हेमराज डाँगीको रहेको छ ।

गीतको कथा,निर्देशन सुरज खनालले सम्हालेका छन्। शिव बिकको सिनेम्याटोग्राफीले दृश्यलाई आकर्षक बनाएको छ भने सम्पादन र रङ संयोजन बिनोद बमले गरेका छन्।

गीतको भिडियोमा महेन्द्र खड्का, कमल जिसी, हरि आचार्य, रिना गुरुङ र यशु भट्टराईको अभिनय आकर्षक रुपमा देख्न पाइन्छ । कलाकारहरुले प्रस्तुत गरेको अभिनयलाई कोरियोग्राफर सुमित्रा संजिलाले नृत्यको माध्यमबाट अझ प्रभावशाली बनाएकी छन्।

गीतले मध्य उमेरको जीवन र त्यसपछि आउने परिवर्तित अनुभवहरूलाई समेट्ने प्रयास गरेको छ भने गीतको अडियो भिडियो नै राम्रो भएकाले दर्शक स्रोताको अपार मायाँ पाउने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend