logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मिस नेपाल-२०२५ को उपाधि लुना लुइँटेललाई 


  • जन आकाश
  • आइतबार, भाद्र १५ २०८२

काठमाडौं । सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन्।



शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले मिस नेपाल वर्ल्ड को उपाधि जितेकी हुन्।

उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै, मिस अर्थ सोनी घले भएकी छन्। उनलाई पूर्वमिस अर्थ सुमना केसीले ताज प्रदान गरेकी थिइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूषा भण्डारीलाई प्रदान गरिएको छ।

उनलाई पूर्वमिस नेपाल इन्टरनेसन करूणा रावलले ताज लगाइदिएकी थिइन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend