logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निजी विद्यालयहरूको विरोध प्रदर्शन, चक्रपथमा स्कुल बसको लस्कर


  • जन आकाश
  • सोमबार, भाद्र १६ २०८२

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् ।



विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशस् गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् ।
यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्‍याली निकालेका हुन् ।

चक्रपथको एक लेनमा निजी विद्यालयहरुका पहेँला बसहरु लस्कर लागेका छन् । उनीहरुको प्रदर्शनले कुनै कुनै ठाउँमा अन्य यातायतका साधनलाई समस्या पारेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend