logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको विशेष साधारण सभा


  • जन आकाश
  • सोमबार, भाद्र १६ २०८२

काठमाडौं । मिति २०८२ भाद्र ८ गते बसेको नाडाको २१औं केन्द्रीय कार्यसमितिको बैठकले डेढ दशक लामो प्रतीक्षा पछि नाडालाई विधानत महासंघमा लैजाने निर्णयार्थ मिति २०८२ भाद्र २४ गते, मङ्गलबार बिहान ११: ०० बजे, द प्लाजा, झम्सिखेल, ललितपुरमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ ।



केन्द्रीय कार्यसमितिको यस्तो ऐतिहासिक निर्णयलाई कार्यान्वयनमा लैजान नाडाका सदस्यरूको निर्णायक र अहम भूमिका हुने भएकोले यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । । स्वयम सदस्यज्यूहरूको लामो समय देखिको इच्छ्या, चाहना र आकांक्षालाई मूर्तरूप दिन यस्तो निर्णय गरिएको र यसले नाडालाई वास्तविक रुपमै राष्ट्रिय स्तरको संस्था बनाउने र आफ्ना सदस्यहरूको हक हितको समेत समुचित रुपमा संरक्षण हुने भएकोले यहाँहरूको गरिमामय उपस्थितिका लागि पुन सादर अनुरोध गर्दछौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend