logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

त्रिभुवन विश्वविद्यालयमा ३५२ उप–प्राध्यापकको लागि आवेदन खुला


  • जन आकाश
  • सोमबार, भाद्र २३ २०८२

2017-photo(c)narayan maharjan

काठमाडैं । त्रिभुवन विश्वविद्यालयले ठूलो संख्यामा उप(प्राध्यापक पदको लागि दरखास्त आह्वान गरेको छ।



त्रिवि सेवा आयोगको कार्यालयले आज सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत् तीनसय ५२ जना उपप्रध्यापकको पदपूर्ति गर्न लागिएको जनाएको छ।

खुला तथा समावेशी प्रणालीमार्फत् पदपूर्ति गरिने सूचनामा उल्लेख छ। योग्यता पुगेका नेपालीले यही भदौ २९ गतेदेखि आगामी कात्तिक १२ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन्।

दोब्बर दस्तुर तिरेर भने कात्तिक १९ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।
हेर्नुहोस् त्रिवि सेवा आयोगको सूचना

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend