logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लुम्बिनीले पोखरालाई टाई-ब्रेक सेटमा पराजित गर्दै २ अंक जोड्यो


  • जन आकाश
  • सोमबार, भाद्र २३ २०८२

काठमाडौं । एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजले पोखरा निन्जाजमाथि रोमाञ्चक जित हात पारेको छ।
पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा पोखरामाथि लुम्बिनीले ३,२ को सेटमा जित निकालेको हो।



पहिलो सेट लुम्बिनीले २५,१३ अंकले जित निकाल्यो। दोस्रो सेटमा पोखरा २५,२३ ले जित निकाल्दा तेस्रो सेट २५,१० ले जितेर अग्रता लियो।

तर चौथो सेटमा लुम्बिनी २८,२६ ले विजयी हुँदै खेलमा फर्कियो। निर्णायक अन्तिम खेलमा लुम्बिनी १५,१० ले विजयी भयो। खेलबाट लुम्बिनीले २ अंक र पोखराले १ अंक जोड्दै अंकको खाता खोले।

लिगमा साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।

सहभागी टोलीले सिंगल राउण्ड रोविनका आधारमा एकआपसमा खेलेपछि धेरै अंक जोड्ने दुई टोलीबीच भदौ २८ गते फाइनल खेल हुनेछ।

दोस्रो संस्करणमा विभिन्न देशबाट १८ विदेशी खेलाडी पोखरा पुगेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend