logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“जारी २”असोज ३ गते रिलिज नहुने


  • जन आकाश
  • सोमबार, भाद्र ३० २०८२

काठमाडौं । वर्षकै प्रतीक्षितमध्येको फिल्म “जारी २” पूर्वनिर्धारित मिति असोज ३ गते रिलिज नहुने भएको छ।



संविधान दिवसको अवसर पारेर रिलिज तयारीमा रहेको फिल्म उक्त मितिमा प्रदर्शनमा नआउने भएको लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले बताए।

देश नै शोकमा रहेको बेला हामी कसरी फिल्म हेर्न आउनुहोस् भनी प्रचार गर्न सक्छौं ररुु, सुब्बाले भने, असोज ३ मा फिल्म ल्याउन सम्भव रहेन। माहोल सामान्य भएपछि नयाँ प्रदर्शन मितिबारे सल्लाह गरिनेछ।

निर्माण कम्पनी बाँसुरी फिल्मस् प्रा.लि.ले गत मंगलबारदेखि नै जेन–जी आन्दोलन र त्यसपछि सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै सबैखाले मनोरञ्जनात्मक गतिविधिहरू अनिश्चितकालका लागि स्थगित गरिएको घोषणा गरेको थियो। त्योसँगै फिल्मको ट्रेलर रिलिज पनि अन्तिम समयमा रोकिएको थियो।

जेन–जी आन्दोलनका कारण बन्द सिनेमा हलहरू आइतबारसम्म सञ्चालनमा आउन सकेका छैनन्। बन्द हल कहिलेदेखि खुलाउने भन्नेबारे नेपाल चलचित्र संघले छलफल गर्दैछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend