logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“बलिदान” फिल्मको गीत सार्वजनिक


  • जन आकाश
  • बिहिबार, असोज २ २०८२

काठमाडौं । वर्षको प्रतीक्षितमध्येको फिल्म “बलिदान” को शीर्षक गीत सार्वजनिक गरिएको छ।



लिरिकल शैलीमा तयार यो ज्यान बलिदान शीर्षकको गीतमा सुजन चापागाईंको स्वर तथा संगीत निर्देशन छ। कोबिद बज्र संगीत निर्माता रहेको गीतका शब्द हर्क साउदले लेखेका हुन्।

गीतमा आमा र मातृभूमिप्रतिको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना गीतमा उजागर गरिएको छ।

गीतमा विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ पनि कोविद बज्रले नै गरेका हुन्।

भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्मा लगायतलाई देखाइएको छ।फिल्ममा ऋचा र समीर आमा–छोराको भूमिकामा छन्।

आसुसेन फिल्म्स प्रा.लि. को ब्यानरमा बनेको “बलिदान” सन्तोष सेनले निर्देशन गरेका हुन्। फिल्मको लेखन दर्शन जीले गरेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी छन्।

फिल्ममा समीर र ऋचासहित सौगात मल्ल, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जंग पौडेललगायत कलाकारहरूको अभिनय छ। फिल्मको ट्रेलर केही दिनमै सार्वजनिक हुने निर्देशक सेनले बताए।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend