जन आकाश
काठमाडौं । अमेरिकामा बसेर व्यवसायमा सफलता हासिल गरिरहेका महेन्द्र खड्का अब नेपाली सांगीतिक क्षेत्रमा पनि सक्रिय हुँदै आएका छन्। हालै सार्वजनिक गरिएको “चालिस कटेसी” बोलको गीतमार्फत उनले आफ्नो पहिलो अभिनय यात्रा सुरु गरेका छन्।
उक्त गीत (SK Entertainment Nepal) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीत सार्वजनिक भएसँगै छोटो समयमै दर्शक–श्रोताको राम्रो प्रतिक्रिया पाइरहेको छ। गीतको अडियो र भिडियो दुवै पक्ष सशक्त भएकाले गीतले भावना र प्रस्तुतीमा गहिरो प्रभाव पार्न सफल भएको देखिन्छ।
महेन्द्र खड्का विगत लामो समयदेखि अमेरिकामा व्यवसायमा संलग्न छन्। व्यवसायिक व्यस्तता हुँदाहुँदै पनि उनी नेपाली कला, संगीत र संस्कृतिप्रतिको माया बिर्सन सक्दैनन्। उनी आफू जहाँ भए पनि नेपाली भाषा, संस्कृति र मौलिकपनको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आएका छन्।
उनले यसअघि कुनै म्युजिक भिडियोमा अभिनय गरेका थिएनन्, तर “चालिस कटेसी” गीतमार्फत पहिलो पटक अभिनयमा पाइला टेकेका छन्। पहिलो अभिनयमै देखिएको उनको स्वाभाविक हाउभाउ, जीवन्तता र आत्मीयता दर्शकका लागि अत्यन्तै मन छुने खालको बनेको छ।
यो गीतमा विशेष गरी घरमा भएको अभावलाई केहिहद सम्म भएपनि टार्नको लागि आफ्नो देश छोडी बिदेशीएका युवाहरू जिम्मेवारीको भूमरीमा परी उर्जाशिल समय बितेको पत्तै नपाएको कुरालाइ बढो मार्मिक ढंगले प्रस्तुत गरेको पाइन्छ ।

गीतमा सबिन खड्का र आसा बि.सीको आवाज रहेको छ, जसले गीतलाई भावनात्मक उचाइ दिएको छ। संगीत मोतिराज खनालको रहेको छ भने हेमराज डाँगीले संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेका छन्। गीतको शब्द गायक सबिन खड्काकै रहेको छ । जसले जीवन यथार्थलाई सरल र सजीव शब्दमा उतार्ने प्रयास गरेका छन्।
गीतको निर्देशन सुरज खनालले गरेका छन् भने सिनेम्याटोग्राफी शिव बिकको छ। भिडियो सम्पादन र रङ संयोजनमा बिनोद बमको योगदान उल्लेखनीय छ।
महेन्द्र खड्कासँगै कमल जिसी, हरि आचार्य, रिना गुरुङ र यशु भट्टराईको अभिनयले पनि भिडियोमा आकर्षण थपेको छ। कोरियोग्राफी सुमित्रा संजिलाले सम्हालेकी छन्, जसले गीतको दृश्यात्मकता अझ प्रभावशाली बनाएकी छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend