logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गायक शिव सागर खड्काको संखमुलमा “Goya Fashion Wear” फेन्सी पसल उद्घाटन


  • जन आकाश
  • शनिबार, असोज ४ २०८२

काठमाडौं । नेपाली गीत संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका गायक तथा मोडल शिव सागर खड्काले नयाँ व्यवसायिक यात्राको सुरुवात गरेका छन्। उनले काठमाडौंको संखमुल पुल नजिकै “Goya Fashion Wear” नामक फेन्सी पसलको भव्य उद्घाटन गरेका छन्।



गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचाहान बनाएका खड्काले व्यवसायको माध्यमबाट पनि ग्राहकको मन जित्ने लक्ष्यसहित नयाँ फेन्सी पसल सुरु गरेका हुन्। उद्घाटन समारोहमा स्थानीयबासी, शुभचिन्तक, कलाकार, सञ्चारकर्मी र ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। “Goya Fashion Wear” भन्ने बितिकै स्टाइलिस ब्रान्ड हो । यो ब्रान्डका कपडाहरु नेपालमा मात्र नभएर बिदेशमा समेत डेलिभरी हुने गरेकाछन् । जसले युवाहरूलाई लक्षित गर्दै फेसनमा नयाँ स्वाद दिने प्रयास गरेको छ।

दशैँ–तिहारलाई लक्षित गर्दै विशेष अफरको घोषणा ।

“गोया ब्रान्ड”को उद्घाटनसँगै खड्काले चाडपर्वलाई मध्यनजर गर्दै ग्राहकहरूका लागि आकर्षक अफरहरूको घोषणा गरेका छन्। पसलमा भिजिट गर्न आउने प्रत्येक ग्राहकले मात्र १ रुपैयाँमै एउटा गन्जी पाउने छन्। यसका साथै अन्य कुनै पनि सामग्री खरिद गर्दा आकर्षक छुट तथा गिफ्ट अफरहरू दिइने छ ।

उद्घाटन भएको केही समयमै पसलमा उल्लेख्य ग्राहकहरूको भीड देखिएको छ। एक रुपैयाँको अफर, साथमा आधुनिक र ब्रान्डेट पहिरनको उपस्थिति तथा विशेष पर्व छुटको कारण “गोया ब्रान्ड” को फेन्सी पसलले लोकप्रियता बटुल्न थालेको देखिन्छ। स्थानीय युवा पुस्तामा विशेष आकर्षण देखिएको छ, जसले फेन्सी पसललाई ‘ट्रेंडी डेस्टिनेशन’ को रूपमा उभ्याउने संकेत गर्छ।

गोया ब्रान्डको फेन्सी पसलमा पुरुषहरूका लागि ब्रान्डेड र स्टाइलिश पहिरनहरू उपलब्ध छन्। पार्टी, सुटिङ वा अन्य विशेष अवसरका लागि आवश्यक पर्ने ड्रेसहरू भाडामा समेत पाइनेछ, जुन सेवाले कलाकार, मोडल, युट्युबर र अन्य पेशागत व्यक्तिहरूलाई सहज बनाउने विश्वास गरिएको छ।

पसलमा ग्राहकको चाहनाअनुसार कपडा ट्रायल गर्न सकिने र मन परेमा देशभरी नै होम डेलिभरीको सेवा पनि उपलब्ध गराइएको छ। यसले काठमाडौं बाहिरका ग्राहकहरूलाई समेत सेवा पुर्‍याउने र ब्रान्डलाई राष्ट्रिय स्तरमा विस्तार गर्न सहयोग पुर्‍याउने देखिन्छ ।

शिव सागर खड्का नेपाली गीत–संगीत क्षेत्रमा गायक, मोडल तथा गीतकारको रूपमा चिनिन्छन्। उनले आफ्नो करियरको अनुभव र सञ्जाललाई उपयोग गर्दै व्यवसायिक क्षेत्रमा पनि पाइला चालेका छन्। गीत संगीतजस्तै व्यवसायमा पनि सिर्जनात्मकता र नवीनता ल्याउने प्रयास उनले गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend