जन आकाश
काठमाडौं । नेपाली संगीत बजारमा नयाँ गीत ‘चोली तुनाले’ सार्वजनिक भएको छ। युट्युबमार्फत रिलिज गरिएको गीतमा सुमन बिटी र अञ्जुली हमालको स्वर रहेको छ। भिडियोमा मोडल सचिन खड्का, रचना न्यौपाने, जेनिश सुनार र सञ्चिता बोलाखेको अभिनय देख्न सकिन्छ।
सुगम संगीत र लभ गीतमा अभिनय गरेर लोकप्रिय बनेका चक्लेटी मोडल सचिन खड्काले यसपटक ‘चोली तुनाले’ मार्फत फरक शैलीको प्रस्तुति दिएका छन्। गीतको भिडियोमा माया, मोह र नृत्यको संयोजनमार्फत रोमान्टिक कथा चित्रण गरिएको छ।
गीतको शब्द, संगीत संयोजन, छायांकन र सम्पादनले दर्शकलाई भरपूर मनोरञ्जन दिएको प्रतिक्रिया आएको छ। अभिनय पक्षमा पनि कलाकारहरूको प्रदर्शन प्रभावकारी रहेको बताइएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend