जन आकाश
काठमाडौं । “गित सङ्गीत र साहित्य को संगम ,अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन” भन्ने मुल नाराका साथ २०८२ भदौ ५ गते नेपाल चलचित्र बिकास बोर्ड चाबहिल मा काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेट प्रेश को आयोजना मा चौथो काव्य म्युजिक अवार्ड २०८२ सम्पन्न भयको छ ।
बरिष्ठ चलचित्र नायक कृष्ण मल्ल को प्रमुख आतिथ्यमा दक्षिण काली अफसेटप्रेशका अध्यक्ष टपेन्द्र केसि को सभापतित्वमा कार्यक्रम संम्योजक रमेश श्रेष्ठले गर्नु भयको थियो ।
उक्त अवार्ड कार्यक्रममा बालकालाकार आरिया शाही कला सम्मान २०८२ बाट सम्मानित भएकि छन् । बिभिन्न क्षेत्रमा आबद्द समाजसेवी , व्यवसाय, स्रष्टा, सर्जक साथै कलाकारहरुलाई सम्मान गरिएको थियो ।
बालकलाकार आरिया शाही थुप्रै बिभिन्न ईभेन्ट प्रतियोगिताहरुमा बिजेता,हुदै म्युजिक भिडियोहरुमा समेत अभिनय मार्फत दर्शक स्रोताहरुको मन जित्दै अगाडी बढेकी एक बालकलाकार यसै कार्यक्रमबाट उनको सिर्जना अभिनयको मुल्याङ्घन गर्दै आयोजक चौथो काव्य म्युजिक अवार्ड २०८२ सम्मानपत्र द्दारा बालकलाकार सम्मान गरेको छ ।
उक्त कार्यक्रम दिपेन्द्र शाहीले सन्चालन गरेका थिय भने सभापतिको अनुमति लिई रमेश श्रेष्ठले समापन मन्तव्य राख्दै कार्यक्रमको समापन गरेका थिय
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend