logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

दसैं गीत “हाँस्दै गाउँदै रमाउँला आँगनमा” सार्वजनिक


  • जन आकाश
  • बुधबार, असोज ८ २०८२

काठमाडौं । दसैंको आगमनसँगै नयाँ दसैं गीत हाँस्दै गाउँदै रमाउँला आँगनमाु सार्वजनिक भएको छ। यस गीतमा राम शर्माको शब्द, सुफिक्स मदनको संगीत र एरेन्ज रहेको छ। सुफिक्स मदन र कोपिला तामाङ वाइबाले यस गीतमा स्वर दिएका छन्।



गीतको भिडिओमा विक्रम बुढाथोकी, एलिना रायमाझी र मनिष स्वारको अभिनय । उमेश कार्कीको निर्देशनमा बनेको यो भिडिओलाई सञ्चारकर्मी लक्ष्मण शर्माले निर्माण गरेका हुन्। सन्तोष तिमल्सिनाले छायांकन गरेको यस भिडिओको सम्पादन रोशन धितालले गरेका छन्।

यो दसैं गीत आरएल क्रियसन नामक युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend