logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३५ सदस्यीय महिला टोली घोषणा


  • जन आकाश
  • शुक्रबार, असोज १० २०८२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षक नियुक्त भएको भोलिपल्ट नवीन न्यौपानेले भातरविरूद्धको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका छन्।



आगामी अक्टोबर २६ मा भारतको सिक्किमा हुने खेलका लागि न्यौपानेले पहिलो चरणमा ३५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। टोलीमा अधिकांस अनुभवी खेलाडीले स्थान बनाउदा हिराकुमारी भुजेल र दीपा शाहीलाई पुनरागमन गर्ने मौका हुनेछ।

यस्तै सुशीला चौधरी, लिला जोशी नेहा चौधरी, सेनु परियार, सुक्रिया मिया, पूर्णिमा राई, मिना देउवा र जेनिफर मगर जस्ता युवा खेलाडीलाई पनि मौका दिइएको छ। अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, लिला जोशी

निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, बिमला बिक, पूजा राना, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल, नेहा कुमारी चौधरी बिमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सेनु परियार, सुक्रिया मिय रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend