logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग पहिलो टी-२० आई खेल्दै नेपाल


  • जन आकाश
  • शनिबार, असोज ११ २०८२

काठमाडौं । आइसिसी टी(२०) विश्वकप २०२६ को एसिया छनोटको तयारीमा रहेको नेपालले शनिबारदेखि दुई पटकको टी(२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग ऐतिहासिक टी(२०) सिरिज खेल्दैछ।



शनिबारको पहिलो खेल शारजाह मैदानमा नेपाली समयअनुसार राति ८.४५ बजे सुरू हुनेछ। युनिटी कपको नाम दिइएको यो सिरिज नेपालले आइसिसीको स्थायी सदस्यसँग खेल्न लागेको पहिलो द्विपक्षीय सिरिज हो।

एक वर्षअघि वेस्ट इन्डिजको ‘ए’ क्रिकेट टोलीसँग खेलेको नेपालका लागि वेस्ट इन्डिजविरूद्धको खेलमा जित्ने भन्दा पनि सिक्नका लागि महत्वपूर्ण ठानिएको छ।

वेस्ट इन्डिजविरूद्ध सिरिज खेलेर तयारी गर्दा नेपालले दुई सातापछि ओमानमा हुने विश्वकप छनोटअघि आत्मविश्वास बटुल्नेछ।

त्यसो त नेपालविरूद्धको सिरिजका लागि वेस्ट इन्डिजले पाँच जना खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा स्थान दिएको छ। अनुभवी खेलाडीलाई आराम दिएको वेस्ट इन्डिजविरूद्ध नेपालका लागि आफ्नो क्षमता देखाउने अवसर पनि हुनेछ।

वेस्ट इन्डिजसँग सिरिज खेले लगत्तै नेपाली टोली त्यतैबाट विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा सुरुमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर(६ मा पुग्नेछ।

सुपर(६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी(२०) विश्वकपमा स्थान बनाउनेछ।

ओमानमा तीन समूह नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अरु समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी सामोआ छन् ।तीन समूहका शीर्ष २,२ टोली गरी सुपर(६ मा पुग्ने कुल ६ टोलीमध्ये शीर्ष ३ टोली भएमा नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी(२०) विश्वकपमा छनोट हुनेछ।

नेपाली टोली स् रोहित कुमार पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।

वेस्ट इन्डिज टोलीस् अकील हुसेन (कप्तान), फाबियन एलेन, ज्वेल एन्ड्रयू, अकेम अगस्टे, नविन बिदैसी, जेदिया ब्लेड्स, केसी कार्टी, करिमा गोर, जेसन होल्डर, आमिर जन्गु, काइल मेयर्स, ओबेड म्याकोय, जिशान मोतारा,रामोन सिमोन्ड्स, शमर स्प्रिंगर।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend