logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हुन्डाईका गाडी किन्दा नेपाल बैंकका कर्मचारी र ग्राहकले छुट पाउने


  • जन आकाश
  • मंगलबार, असोज १४ २०८२

काठमाडौं । नेपाल बैंकका कर्मचरी र ग्राहकले हुन्डाईका गाडी खरिद गर्दा छुट पाउने भएका छन् । नेपाल बैंक र नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि बीच छुट सम्बन्धी स्म्झौता भएको हो ।



सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टलकाका महाप्रबन्धक दीपक थपलियाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार हुन्डाईका देशभरका शाखाहरूबाट गाडी खरिद गर्दा लाग्ने शुल्कमा बैंकका कर्मचारी र ग्राहकले विशेष छुट पाउने छन् ।
साथै, हुन्डाईका गाडी गर्दा गर्दा लक्ष्मी इन्टरकन्टिनेन्टलले दिएको विशेष छुट बाहेक थप ५० हजारदेखि ८१ हजार रुपैयाँसम्म छुट पाउने छन् ।

अन्य कम्पनीभन्दा हुण्डाईका सवारी साधन महगो हुने गरेकाले नेपालमा त्यति पछिल्लो समय प्रभावकारी हुन सकेको छैन । नेपाल बैकका कर्मचारीले भने धेरै जतिले टाटा मोटर्सका पन्च ईभी सवारी साधन खरिद गरिरहेका छन् । बैकका माथिल्लो कर्मचारीले केको प्रभावमा लक्ष्मीका हुण्डाईसँग कारोवार गरे त्यो उहाहरुको विषय हो । नेपाल बैकका एक कर्मचारीले भने, हामीलाई आवश्यक पर्ने वस्तु हाम्रो स्वतन्त्र ढंगवाट किन्न सक्छौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend