जन आकाश
काठमाडौं । तेस्रोपटक टी(२०) विश्वकपमा सहभागी हुने उद्देश्यका साथ नेपाली राष्ट्रिय क्रिकेट टोली आज आईसीसी टी(२०) विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक रिजनल छनोट खेलअन्तर्गत आज कुवेतसँग आमनेसामने हुँदै छ।
ओमानमा आज सुरु हुने उक्त प्रतियोगिताअन्तर्गत नेपाल र कुवेतबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे हुनेछ।
यसअघि नेपाल सन् २०१४ र २०२४ को विश्वकपमा सहभागी भएको थियो ।
आईसीसी टी(२०) विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल समूह ‘बी’मा छ। यो समूहमा कुवेत र जापान छन्।प्रतियोगितामा नौ टोली सहभागी हुँदै छन् ।
सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा मलेसिया, कतार र यूएई छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ आइल्यान्ड छन्।
समूहका शीर्ष दुई टिम सुपर सिक्समा पुग्नेछन् । नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend