logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कुवेतमाथि ५८ रनको शानदार जित, नेपालले जितसँग सुरु गर्‍यो यात्रा


  • जन आकाश
  • बिहिबार, असोज २३ २०८२

काठमाडौं । आइसिसी मेन्स टी(२०)विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले विजयी सुरूवात गरेको छ।



नेपालले बुधबार आफ्नो पहिलो खेलमा कुवेतमाथि ५८ रनको जित निकालेको हो। नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमै अलआउट भयो।

कुवेतका लागि ओपनर क्लिन्टो अन्तोले सबैभन्दा बढी २६ रन बनाए भने यसिन पटेलले १९ रन जोड्न सके। मीत भाश्वरले ११ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा नेपालका ललित राजवंशी, सन्दीप लामिछाने र रोहित पौडेलले २-२ विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलको नाममा १-१ विकेट रह्यो।

त्यसअघि ओमान क्रिकेट एकेडेमीमा टस जितेको कुवेतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १४१ रन बनायो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको पाँचौ बलमा आउट भएका भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ६६ रन बनाए।

त्यसअघि अर्का ओपनर आसिफ शेख भने ७ बल खेलेर २ रन खेल्दा अकिफ फारुकको एलबिडब्लूको धरापमा परे। त्यसपछि कुशल मल्ल ४ रन र कप्तान रोहित पौडेल १६ रन जोडेर आउट भए। दुवैलाई नवीनराज राजेन्द्रनले बोल्ड गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend