logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पर्वतबाट सुरू ‘ककाकिकी’को छायांकन


  • जन आकाश
  • शुक्रबार, असोज २४ २०८२

काठमाडौं– चर्चित कमेडी शो ‘कमेडी दरबार’को समूहले पहिलो पटक निर्माण गर्न लागेको फिल्म ‘ककाकिकी’को छायांकन सुरु भएको छ ।



बिहीबार पर्वतको भूकदेउरालीबाट फिल्मको छायांकन सुरू गरिएको हो । ३५ दिनको तालिका रहेको यस चलचित्रको छायांकन २० दिन पर्वतमा र १५ दिन काठमाडौंमा हुने जनाइएको छ ।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईँको निर्देशनमा बन्ने यो फिल्मको छायांकनमा तृप्ति नाडकर, रेखा थापा, दीया मास्के, शुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकारहरू जोडिसकेका छन । ‘ककाकिकी’को कथा तथा संवाद निर्देशक बिक्कीले विकास अर्याल र सरोज भण्डारीसँग मिलेर तयार पारेका हुन् भने पटकथा उनी स्वयंको हो । यसमा विश्वास तिमल्सिना स्क्रिप्ट डाक्टरको रूपमा रहेका छन् । अनिश बुढाथोकी सहायक निर्देशन रहेको फिल्मलाई सुदिप बरालले छायांकन गर्नेछन ।

निर्माण टिमले गत साउनमा एक पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण घोषणा गरेको थियो । पोस्टरमा बुढ्यौली गेटअपमा प्रस्तुत भएका तृप्ति र गौरी रेखासँग लडिरहेको अवस्थामा देखिएका थिए । महेश भने तनावग्रस्त भावमा चित्रित थिए । पोस्टरले फिल्म कमेडी जनरामा बन्ने प्रष्ट संकेत गर्छ । श्रद्धा प्रसाईँ र सुमित्रा थापा फिल्मको निर्मातामा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend