logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल र युएईबीचको खेल केही छिनमा सुरु हुदै


  • जन आकाश
  • आइतबार, असोज २६ २०८२

काठमाडौंः आईसीसी टी(२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु भएका छन् । नेपालले आज युनाइटेड अरब इमिरेट्स युएईविरुद्ध प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।



 

सुपर सिक्सको आफ्नो पहिलो खेलमै नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्दैछ । दुबै टोलीले पछिल्लो सयम टेस्ट राष्ट्रहरूलाई हराइसकेका छन् । त्यसैले यो खेल २ अंकको लडाइँ मात्र नभई आत्मविश्वासको खेल हुनेछ ।

 

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर (६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध ५ विकेटको जित निकालेको थियो । युएईविरुद्ध प्रतिस्पर्धामा उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

 

युएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर (६ मा आएको हो । समूह ‘ए’मा युएईले कतारलाई ७ विकेटले हराएको थियो । युएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

 

नेपालले सुपर–६ मा रहेका ५ मध्ये ४ टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतिस्पर्धा गर्ने टिममा युएईसँगै कतार, ओमान र समाओ छन् । नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन ।

 

अब यो चरणमा हुने १२ खेलपछि शीर्ष ३ स्थान हासिल गर्ने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउने छन् । नेपालले आफ्नो दोस्रो खेलमा सोमबार कतारसँग खेल्ने छ । बुधबार ओमानसँग खेलेपछि सुपर सिक्सको अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्नेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend