logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सामाजिक सञ्जाल सुविधाको लागि हो दुरुपयोग नगरौ


  • जन आकाश
  • सोमबार, असोज २७ २०८२

मोहन कार्की ।



ईन्टरनेटको सुविधाको विस्तार सँगै शुरु भएको विश्वभरी फैलिएको सामाजिक सञ्जालले मानिसहरुलाई सेवा, सुविधा पु¥याएको छ । प्राविधिक सीप भएकहरुको लागि रोजगारको अवसर बनेको छ ।

यस्तो अवसर सामाजिक सञ्जल बनाउन सीप भएका आईटी ईन्जिनियर अर्थात विज्ञान र प्रविधिका आविष्कारकहरुको प्रगतिको मापन गर्ने कुनै मापन नै छैन । किनकी कुन एपको कतिखेर कति प्रयोगकर्ता पाउछन् । असिमित छ । तर यो चै निश्चित हो । आईटी ईन्जिनियरहरुले मनग्य आम्दानी गरिरहेकाछन् ।

विश्वको मध्यस्तरको अर्थतन्त्र भएको नेपालले पनि ईन्टरनेटको विस्तारसँगै याहाका युवा पुस्ताले डिजिटल माध्यमवाट व्यवसाय गरी आम्दानी बढाउन सफल भएका छन् । वेभ डिजाईन, फोटोसप, ईनडिजाईन, एप निर्माण, सफ्टवेयर कतिपय योजना समेत यस्तै प्रविधिको माध्यमवाट गरेर अन्तराष्ट्रिय बजारमा नेपाली प्राविधिकहरुले बिक्री गर्न समेत सफल छन् । विश्वका ठुला अर्थतन्त्र भएका देशको तुलनामा नोपलका आइटी ईन्जिनियरहरुको आम्दानी नपुगेपनि देशस्तरको आम्दानी सन्तोषजनक नै छ । त्यसैगरी प्रविधिको बृद्धि विकासले सीप भएकाहरुलाई आम्दानीको स्रोत भएको छ भने प्रयोगकर्ताहरुले सेवा पाएका छन् ।

नेपालका धेरैजति युवापुस्ता बैदेशिक रोजगारको शिलशिलामा विदेश गएको वेलामा नेपालमा रहेका आफ्ना बुबा–आमा, कसैका श्रीमती, कसैका श्रीमान, कसैका छोराछोरीसँग कुराकानी गर्न पनि सामाजिक सञ्जाल धेरै प्रयोग भएको देखिन्छ । बैदेशिक रोजगारमा गएको छोरा वा छोरीले पैशा पठाउदा बैकमा आउने म्यासेजले तत्कालै कति रकम कस्ले पठायो भन्ने कुरा थाहा पाउन, कुनै सन्चो विसन्चो थाहा पाउन, कुनै ठाउँमा घटना र्दुघटना भएमा त्यस घटनाको तुरुन्तै जानकारी लिन, विश्वसनीय रुपमा भिडियो लिन, कुनै साथीलाई कुनै ठाउँमा अफ्ठ्यारो प¥यो त्यस्ता साथीहरुलाई उद्धार गर्न, आर्थिक रुपमा कुनै मानिसलाई समस्या प¥यो भने त्यस खालका मानिसलाई मानवताका लागि सहयोग गर्न समाजमा भएका असल र गलत मानिसको वारेमा जानकारी लिन, समाजमा हुने चोरी, डकैती, लुटपाटको घटनामा सिसि क्यामेराको प्रयोगले त्यस्ता अपराधी पत्ता लगाई कानूनी कारवाही गर्न प्रविधिको विकासले सजिलो बनाएको छ । सँगसगै समयको बचत पनि भएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग
समाजमा एकै खालका मानिस पाईदैन । यो धुव्र सत्य हो । तर समग्रमा नेपालको पछिल्लो तथ्याङक अनुसार दिनानु दिन सामाजिक सञ्जालको दुरुपयोग बढ्दो छ । सामाजिक सञ्जालमा व्याक्तिगत लान्छना लगाउने, कुनै असल मानिसको पनि चरित्र हत्या गर्ने उद्देश्यले राखि सामाजिक सञ्जालमा राख्ने र अरुलाई ट्याग गरिदिने, भ्रम फैलाउने देखि राजनीतिक रुपमा समेत गलतलाई सही देखाउने र सहीलाई गलत देखाउनेसम्मका काम सामाजिक सञ्जालमा फैलाएको देखिन्छ ।

जसले सामाजिक मर्यादामा रहेका निष्ठावान व्याक्तित्वहरुको मनोवलमा ह्रास ल्याएको छ । अर्को सामाजिक सञ्जालमा मिलेर बसेको नेपाली समाजलाई जातिय, धार्मिक रुपमा लान्छना लगाउने, उत्तेजित पार्ने, नभएका कुराहरुलाई सामाजिक सञ्जालमा समूह बनाएर भ्रम फैलाउने, पुराना भिडियोहरु तत्कालैको हो भनेर कुप्रचार गर्ने, अरुको सिंगल फोटो अर्कोको फोटोमा टासेर गलत प्रयोग गर्ने, कुनै हयाकरले कुनैवेला सामाजिक सञ्जल नै हयाक गरेर पैशा माग्ने र धेरै ठगिने, कतिपय नचिनेका विदेशी हु तपाईलाई यति लाँख डलर चिट्टा प¥यो तर त्यो पैशा पाउन तपाईले यो खातामा यति डलर हाल्नुस् भन्ने तर पछि सम्पर्कमा नरहने, सामाजिक रुपमा उत्तेजना फैलाएर भीड जम्मा गर्ने, कुनै आधार नभएका विषयलाई सामाजिक सञ्जालमा पोष्ट गरेर सामाजिक सन्तुलनलाई बिगार्ने, विशेष गरेर महिलाहरुलाई ललाई फकाई सहमतिमा शारीरिक सम्बन्ध पनि राख्ने र पछि उक्त कृयाकलापको भिडियो गोप्य रुपमा खिचेर पछि बार्गेनिङ गर्ने, कतिपय महिलाले पनि अपराधिक मानसिकता राखेर टाढा लगेर अपरणको बाहानामा फिरौती माग्ने जस्ता कार्य भएको देखिन्छ । सामाजिक सञ्जाल दुरुपयोग नेपालको लागि चिन्ताको विषय भएको छ ।

कसरी नियन्त्रण गर्न सकिन्छ त ?
१ यसको दुरुपयोग समाजभित्रवाट नै भएको हुनाले यसको निरुपण समाजवाट नै समाज नै चेतनशील हुनुपर्ने छ । किनकी त्यस्ता सामाजिक सञ्जाल दुरुपयोग गर्नेहरुले पोष्ट गरेका कुनैपनि ठिक नलाग्ने साथीहरुलाई तुरुन्तै साथीको समूहमा बल्क हानिदिने जसले गर्दा आफ्नो मातहतका साथीहरु माझमा त्यो गलत कुरा फैलन पाउदैन र नकरात्मक भ्रम फैलनवाट रोकिन्छ ।

२ कुनै परिचय अर्थात फ्रेन्ड लक गरेर रिक्वेष्ट पठाउनेहरुलाई यासेप्ट नगर्ने किनकी अनुहार लुकाएर सामाजिक सञ्जाल प्रयोग गर्नेहरु असल नियतका नहुन सक्छन् किनकी उनिहरुलाई समाजले नचिनोस र उसले गलत कार्य गर्न सजिलो होस भनेर त्यसो गरेको हुन सक्छ ।

३ कुनैपनि नचिनेका मानिसले पठाएका रिक्वेष्ट एसेप्ट नगर्ने, कुनैपनि नचिनेका मानिसको म्यासेजको विश्वास नगर्ने र चिनेकै साथीले रकम पठाउन म्यासेज गरेको भएपनि फोन गरेर भेरीफाई गरेपछि मात्रै कारोबार गर्ने गर्नुपर्दछ ।

४ कुनैपनि सामाजिक प्रयोगकर्ताले जानीजानी दुरुपयोग गरेको खण्डमा तुरुन्तै कानूनी कारवाहीको लागि निवेदन दिने र कारवाहीको दायरमा ल्याउने सोह ीगलत गरेको व्याक्तिको वारेमा अन्य साथीहरुलाई पनि जानकारी गराउने ताकी भोली फेरी त्यस्तो दूरुपयोग गरेर अरुलाई दुखः नदेओस् ।

सामाजिक सञ्जालको दुरुपयोगकर्ताले दुखः र अभाव मात्र व्यहोर्नुपर्छ । तर सदुपयोगकर्ताले जहिलेपनि फाईदा मात्र लिन पाउछ । त्यसैले सामाजिक सञ्जाल सदुपयोग मात्र गरौ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend