जन आकाश
नेपालमा गएको २०८१ साल असोज १२ र १३ गते देशैभरी भारी अविरल वर्षा भयो त्यही अविरल वर्षाका कारण देशैभरी धेरै मानिसहरु बाढीमा परेर मृत्यु भयो । नेपालका मुख्य राजमार्गहरु समेत बाढीले बगाएर देशैभरीमा मानिसहरु सडक सञ्जालवाट समेत बञ्चित भए ।
वर्षा रोकिएपछि राष्ट्रिय राजमार्गहरु खुलाउनै पनि महिनौ लाग्यो जसो तसो खुलाइएका राजमार्गहरु पहिलाको अवस्थामा पु¥याउन सकेको छैन । देशमा ठूलो क्षति भएको छ । त्यसैगरी वेला वेलामा हुने भारी वर्षाका कारण नेपालका बिभिन्न क्षेत्रमा यस्ता समस्याहरु आउने गरेका छन् । यस्ता समस्यावाट धेरै नेपालीहरु प्रभावित हुदै आएका छन् । यस वर्ष २०८२ असोज १७ गते रातिवाट गएको वर्षजस्तै गरी फेरी पुनः १७, १८, १९ गते परेको पानीले त्यसैगरी क्षति पु¥यायो । यस्ता मानवीय र धेरै धनराशी खर्च गरेर बनाइएका भौतिक संरचना नोक्सान हुदा नागरिकहरुमा असुविधा पुग्नुको साथै त्रास पनि हुने गरेको छ ।
यस्ता समस्या आउनुमा विज्ञहरुले आ–आफ्नो भनाई सार्वजनिक गर्ने गरेका छन् । तर प्रकृतिक रुपमा बनेको पृथ्विमा मानिसहरुले आफ्नो सुविधाको लागि बनाउने सरचनाहरु दिर्धकालीन रुपमा असर पुग्ने आकलन नगरी जथाभावी वातावरणीय अवस्था विगारेर बनाएका सडकका कारण नै धेरै क्षति भएको छ ।
विशेष गरेर पाहाडी क्षेत्रहरुमा कच्ची सडक निर्मांण गर्दा माथिको माटो डोजरले काटेर तलतिरको पाखामा त्यतिकै फाल्ने त्यस माटोलाई व्यवास्थापन नगर्ने र माथिल्लो मागको कान्लो बन्ने त्यसलाई पनि खुल्लै छोडिदिने गर्दा प्राकृतिक रुपमा विगतमा वन जंङगलले रोकेर राखेको प्राकृतिक रुपमा फेजिएर बग्ने पानी पछि मानिसले निर्माण गरेको खुल्ला माटोमा अड्किएर भल बन्दै पैरो खस्ने र त्यही पैरोले खेला, खोल्साहरु थुनिदै ठुलो आकारमा लेदो सहित खोल्सा र खोलमा पुग्ने र खोलमा पनि थुनिदै पानी जम्मा हुदै बाढीको रुपमा परिणत भएर त्यही ठूलो बाढीले ठुलठुला समस्या निम्त्याएको छ ।
त्यसकारण विकास निर्माणका कामहरु गर्दा प्राकृतिक अध्ययन गरेर प्रकृतिलाई संरक्षण गर्दै आउदा दिनमा हुन सक्ने क्षतिको आकालन गरेर पहिलानै ध्यान दिन सकेको खण्डमा यस्ता समस्या आउदैन थिए । आएपनि यति ठूलो समस्या आउदैनन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend